सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

‘लण्डन टु पेरिस’को विषयमा के भन्छन् कलाकार ?

मङ्गलबार, १५ जेठ २०८१, ०७ : ५६
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ । आगामी २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म हो ‘लण्डन टु पेरिस’ । रिलिज मिति नजिकिएसँगै फिल्मको प्रचार प्रसार समेत तीव्र बनाइएको छ ।

निर्माण युनिटले राजधानीमा एक कार्यक्रमका बिच फिल्मको विभिन्न पक्षबारे जानकारी दिएको छ । उक्त अवसरमा फिल्मले दर्शकको मन छुने सबैले दाबी गरे । 

कार्यक्रममा निर्देशक घनश्याम लामिछानेले फिल्मले आफ्ना अघिल्ला फिल्म ‘धौली’ र ‘पञ्चेबाजा’ जस्तै राम्रो छाप छोड्ने बताए । बेलायतको लन्डनदेखि फ्रान्सको पेरिससम्मको यात्रामा हुने प्रेम र त्यस वरपर घुम्ने सम्बन्धको उतारचढाव फिल्ममा रहेको उनले सुनाए । ‘अक्सर फिल्ममा ‘डायस्पोरा’को कथा देख्न नमिल्ने भएकोले पनि फिल्म दर्शकका लागि नौलो स्वाद हुने उनको भनाई थियो । 

अभिनेत्री साम्राज्ञी शाहले आफ्ना लागि पनि फिल्म नौलो रहेको बताइन् । उनले फिल्मको कथा मन परेर अभिनय गरेको बताइन् । आफू २६ वर्षको हुँदा साइन गरे पनि रिलिज हुने बेलासम्म आफ्नो उमेर २८ लागेको साम्राज्ञीले बताइन् ।  उनले फिल्म रोमान्टिक  र इन्टरटेनिङ रहेको धारणा राखिन् । 

अभिनेता कवीर खड्काले आफ्ना लागि फिल्म महत्त्वपूर्ण रहेको बताए । उनले आफ्नो भागमा उत्कृष्ट फिल्म परेको भन्दै फिल्ममा दुई अभिनेत्रीसँग रोमान्स रहेको खुलाए ।

डेब्यु ब्वाय निश्चल खड्काले साम्राज्ञी र गरिमासँग आफ्नो केमेस्ट्री मिलेको बताउँदा डेब्यु गर्ल गरिमा शर्माले ‘लण्डन टु पेरिस’ मार्फत उद्योगमा झन्डा गाड्ने बताइन् । 

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन् ।

सनिश खकुरेल र अजित केआर थापा सह–निर्माता रहेको फिल्ममा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले यसलाई नेपालभर वितरण गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप