वीरगन्ज सुख्खा बन्दरगाहबाट मात्रै एक सातामै ३ हजार वटा सवारीको भन्सार जाँच पास
काठमाडौँ । वीरगन्ज सुख्खा बन्दरगाहबाट पछिल्लो एक साताको अवधिमा ३ हजार ३४ वटा सवारी (कार) को भन्सार जाँच पास भएको छ । रातोपाटीलाई प्राप्त तथ्यांकअनुसार जेठ ४ गतेदेखि १३ गतेसम्मको अवधिमा ३ हजार सवारीको जाँच पास भएको हो ।
बजेटमार्फत विद्युतीय र पेट्रोलियम सवारीकै कर बढ्ने हल्ला व्यापक छ । विद्युतीय सवारीमा अन्तःशुल्क लगायत बढाउने सरकारको तयारी रहेको अड्कलबाजी गरिँदै आएको छ । यसबाहेक पेट्रोलियम सवारीमा समेत ‘ग्रिन ट्याक्स’ का नाममा कर बढाउने तयारीमा अर्थ मन्त्रालय जुटेको बताइन्छ ।
बजेटपछि कर बढ्ने भएपछि व्यापारीले बजेट अघि प्रत्येक वर्ष ठुलो मात्रामा सवारीको जाँच पास गर्छन् । विगतमा जस्तै यो वर्ष पनि कर चार पाङ्ग्रे ‘प्यासेन्जर भेहिकल’ बर बढ्ने सम्भावना बढेसँगै व्यापारीले विद्युतीय र पेट्रोलियम गाडी नै भन्सार जाँच पास भइरहेको इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष् गजुरेलले रातोपाटीलाई बताए ।
गजुरेलका अनुसार जेठको पहिलो साता अघिसम्म व्यापारीले वीरगन्ज सुख्खा बन्दरगाहको यार्डमा ११ सय ८८ वटा सवारी जाँच पास नगरी राखेका थिए । उनीहरुले विगत लामो समयदेखि पेट्रोलियम सवारीको भन्सार जाँच पास गरेका थिएनन् । आन्तरिक बजारमा विद्युतीय सवारीको माग बढ्दा पेट्रोलियम गाडी जाँच पास गर्नमा व्यापारीको रुचि देखिएको थिएन ।
‘यो ९/१० दिनको अवधिमा दैनिक सयौँ सङ्ख्यामा सवारीको जाँच पास भइरहेको छ,’ गजुरेलले भने, ‘यसमा विद्युतीय र पेट्रोलियम सवारीको सङ्ख्या बराबरी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी