भारत सरकारको सहयोगमा पद्मकन्या विद्यालयको छात्रावास निर्माण
काठमाडौँ । भारत सरकारको सहयोगमा काठमाडौँको डिल्लीबजारस्थित श्री पद्मकन्या माध्यमिक विद्यालयको मंगलादेवी सिंह मेमोरियल छात्रावास भवन निर्माण गरिएको छ । उक्त भवन ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३.२३६ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको हो ।
छात्रावास भवनको सोमबार जिल्ला समन्वय समिति, काठमाडौँका प्रमुख सन्तोष बुढाथोकी र भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रूपमा उद्घाटन गरे । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग काठमाडौँस्थित श्री पद्मकन्या माध्यमिक विद्यालयको मंगलादेवी सिंह मेमोरियल छात्रावासलाई आवश्यक भान्सा कोठा, डाइनिङ हल, भण्डार कक्ष, वार्डेन कक्ष, गार्ड कक्ष, अतिथि कक्ष, कार्यालय कक्ष, पुस्तकालय, बहुउद्देश्यीय हल, प्रतीक्षालय, ग्रीन रुम, लन्ड्री, शौचालय, स्नानघर, सोलार ब्याकअप सिस्टम लगायतको सुविधा सहितको ३९ वटा कोठा भएको चार तल्ले छात्रावास भवनको निर्माणमा उपयोग गरिएको थियो ।
भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो । यस परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, काठमाडौँमार्फत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु
-
शुक्रबारबाट रिलिज ‘तेल भिसा’ र ‘अग्निदहन’को व्यवसाय कस्तो ?
-
बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
-
धितोपत्र बोर्डको अध्यक्षका लागि दुई जनाको अन्तर्वार्ता सम्पन्न
-
सिनामंगलस्थित होटलमा दुई युवायुवती मृत अवस्थामा भेटिए
-
दुर्गा प्रसाईँलाई अदालत लगियो