विराटनगरमा ‘युवा विचार उत्सव’ हुने

विराटनगर । युवाहरूमा वैचारिक चेतनाको विकास गर्ने उद्देश्यले विराटनगरमा ‘युवा विचार उत्सव’ आयोजना गरिने भएको छ । राष्ट्रिय गणतन्त्र दिवसको उपलक्ष्यमा जेठ १५ गते विराटनगरस्थित एलिट क्लबमा दिउँसो साढे ११ बजेदेखि सो कार्यक्रम आयोजना हुन लागेको हो ।
विराट युवा विचारक मञ्चका संयोजक प्रमिल अधिकारीले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै यस बारेमा जानकारी दिएका हुन् । उनले विचार उत्सवले मुलुकका विभिन्न सामाजिक, आर्थिक र राजनैतिक मुद्दाहरूमा युवाहरूको आलोचनात्मक सोचाई विकास गर्ने बताए ।
‘विराटनगर राजनैतिक तथा वैचारिक क्षेत्रको उद्गम भूमिको रूपमा चिनिन्छ । युवाहरूमा मुद्दाहरू पहिचान, सैद्धान्तिक पक्ष र व्यवहार रूपान्तरणसम्मको आलोचनात्मक चेतनाको विकास गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ,’ अधिकारीले भने ।
कार्यक्रममा राष्ट्रियस्तरका राजनीतिक दलहरूका नेताहरू तथा युवा उद्यमी एवम् बुद्धिजीवीहरूको सहभागिता रहनेछ । कार्यक्रममा ‘नेपालको राजनीतिमा युवा नेतृत्व, सम्भावना र चुनौती’ र ‘नेपाली मैलिकतामा नविनता ः उद्यमशीलता र संस्कृति’ विषयमा बहस पनि हुनेछ । करिब २ सय युवाहरूको सहभागिता हुने आयोजकको दाबी छ । कार्यक्रमको समापन पश्चात् विराट युवा विचारक मञ्चले नियमित रूपमा युवा केन्द्रित वैचारिक बहस एवम् पैरवी कार्यक्रमहरू सञ्चालन गर्ने घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूले नयाँ बानेश्वर सडक ढाक्दा सर्वसाधारणलाई सास्ती, तस्बिरहरू
-
गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए
-
भाटभटेनी ग्रुपको स्वामित्वमा रहेको ललितपुर सिटी लिग चरणमा ‘अजेय’
-
सङ्घीय निजामती विधेयक : अतिरिक्त सचिव र ‘कुलिङ पिरियड’ को अवधिमा सहमति जुटाउन सकस
-
विमानको इन्जिनमा आगो लाग्यो, अवतरणका क्रममा एउटा पाङ्ग्रा भाँचियो
-
आनन्दीदेवी सदायको मृत्युबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति