अनन्त–राधिकाको दोस्रो प्रि–वेडिङमा ७५ अर्ब ७५ करोड भारु खर्च गरिँदै

नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीका कान्छा छोरा अनन्त र राधिका मर्चेन्टको जुलाईमा बिहे हुँदैछ । यसबिच दोस्रो प्रि–वेडिङ कार्यक्रम सुरु हुँदैछ ।
यही मंगलबारदेखि बिहीबारसम्म चल्ने सो कार्यक्रम इटली र फ्रान्सबिचको समुद्रमा ‘सेलिब्रेटी एसेन्ट’ नामक क्रुजमा हुँदैछ । क्रुज २८ मेमा इटलीको पालेर्माे बन्दरगाहबाट प्रस्थान गर्नेछ भने ४ हजार ३८० किमि यात्रा तय गरेर सदर्न फ्रान्समा पुगेर यात्रा सकिनेछ । अम्बानी परिवारले मियामीबाट अर्कै क्रुज मगाएका थिए । तर फ्रान्समा त्यो क्रुज पार्क गर्न समस्या हुने भएपछि माल्टाबाट सेलिब्रेटी एसेन्ट मगाइएको हो ।
समारोहमा सहभागी हुनका लागि ८ सय जना अतिथिहरू १२ वटा विमान चढाएर इटली पुर्याइँदैछ । यीमध्ये ३ सय जना भीभीआईपी हुने बताइएको छ । यी अतिथिको आतिथ्यका लागि क्रुजमा ६ सय जना कर्मचारी पनि हुनेछन् । यस कार्यक्रमका लागि अम्बानी दम्पतीले ७५ अर्ब ७५ करोड भारु अर्थात् ९० करोड डलर खर्च गर्दैछन् ।
यसअघि मार्च १ देखि ३ को बिचमा भएको पहिलो प्रि–वेडिङ कार्यक्रममा अम्बानी परिवारले १२ अर्ब ५० करोड भारु खर्च गरिएको थियो । सो समारोहमा खानपिनमा मात्रै २ अर्ब १० करोड भारु खर्च भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम