झापामा निर्माणाधीन भ्यु टावरको सन्दर्भमा महालेखाले देखायो चासो
काठमाडौँ । झापा जिल्लाको दमक नगरपालिकामा निर्माणाधीन भ्यु टावरको सम्बन्धमा महालेखापरीक्षकको कार्यालयले चासो देखाएको छ । दमक नगरपालिका स्थित ५ बिघा जग्गामा ७२ मिटर उचाइको १८ तला स्थायी संरचना र २८ मिटर उचाइको स्टील संरचना सहितको अन्डरग्राउन्ड पार्किङसहितको सुविधासम्पन्न भ्यु टावर निर्माण कार्यका लागि २०७६ असार २७ गते सम्झौता भई तेस्रोपटक निर्माण समय थप गर्दा समेत सम्पन्न हुन नसकेको भन्दै महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनले सम्झौताअनुसार समयमा नै काम सम्पन्न गर्न सचेत गराएको हो ।
२०७६ असार २७ गते पहिलोपटक सम्झौता भएकोमा कूल १ अर्ब ५६ करोड १४ लाख ३९ हजार रुपैयाँ लागतमा उक्त भ्यु टावरको काम २०७८ पुस २७ भित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर, तोकिएको समयमा कार्य सम्पन्न नभएकोले तेस्रो पटक २०८० मङ्सिर २६ सम्म म्याद थप भएकोमा हालसम्म जम्मा ९३ प्रतिशत मात्र भौतिक प्रगति भएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
हालसम्म तीन पटकको भेरिएसनबाट भ्यु टावर निर्माण परियोजनाको लागत १२ करोड ४५ लाख ८१ हजार थप भई संशोधित सम्झौता १ अर्ब ६८ करोड ६० लाख २० हजार रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०७९÷८० सम्म निर्माण बापत १ अर्ब ४९ करोड ३८ लाख ७१ हजार भुक्तानी भई भौतिक प्रगति ९३ प्रतिशत भएको देखिन्छ । सम्झौताअनुसार समयमा नै निर्माण सम्पन्न गरी निर्मित संरचनाको उपयोग गर्नुपर्ने महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनले औँल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित