बुढानीलकण्ठ बैठकपछि कांग्रेसका नेताहरू बालुवाटारमा
काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय समितिको कार्यादेश (टीओआर) मा राखिने विकल्पको प्रस्तावबारे प्रमुख प्रतिपक्षी दल कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीबिच छलफल भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको बैठकमा कार्यदलमा भएका छलफल र प्रधानमन्त्रीसँग भएका छलफलबारे बैठकमा छलफल भएको कार्यदल सदस्य जीवन परियारले जानकारी दिए ।
‘पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा बालुवाटारमा छलफल भएको विषयबारे ब्रिफिङ गर्यौँ । बाहिर आएका प्रतिक्रिया लगायत सबै विषयमा हामीले छलफल गर्यौँ । प्रधानमन्त्रीज्यूले अहिले फेरी छलफलका लागि बालुवाटार बोलाउनु भएको छ । त्यता जाँदै छौँ’, बैठकपछि परियारले भने ।
उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक कार्यदलका सदस्यहरू ज्ञानेन्द्र बहादुर कार्की र जीवन परियार सहभागी अहिले बालुवाटार गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
औद्योगिकीकरणले मुलुकको विकासमा टेवा : उपप्रधानमन्त्री सिंह
-
नेपाल खुला विश्वविद्यालयका उपकुलपतिको अर्को मनोमानी : आफूखुसी २ जनालाई प्रोफेसरमा नियुक्त
-
सशस्त्रमा अवकाश हुन लागेका डीआईजीहरू म्याद थप्ने दौडमा
-
भीम रावलको प्रतिक्रिया– कारबाही निरंकुश, स्वेच्छाचारी र तानाशाही मनस्थितिको उपज
-
तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुने
-
एसटीआई अध्यादेशले तोक्यो सहकारीको बचतको सीमा