राजनीति
बालुवाटारमा शीर्ष नेतासहित कार्यदलको बैठक बस्दै
सोमबार, १४ जेठ २०८१, १६ : ५७

काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेतासहित कार्यदलको बैठक बस्ने भएको छ । अपराह्न ५ बजे कार्यदलको बैठक बस्न लागिएको एमालेबाट कार्यदल सदस्य रहेका महेश बर्तौलाले रातोपाटीलाई बताए ।
बर्तौलाका अनुसार टीओआरमा सहमतिको मिलनबिन्दु खोजिने छ । यसअघि बिहान बालुवाटारमै बसेको कार्यदलसहित शीर्ष नेताहरूको बैठकमा टीओआरमा सहमति नजुट्दा बैठक विनानिष्कर्ष टुंगिएको छ ।
कांग्रेसले टीओआरमा समस्याग्रस्त सहकारीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको नाम, संस्था र पद उल्लेख गर्नुपर्ने अडानमा छ । सत्तापक्ष विपक्षमा उभिएका छन् । मंगलबार संसद्मा पेश हुने बजेट सहमतिमा नै ल्याउन सत्तापक्षले कांग्रेसलाई मनाउने प्रयास जारी राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले भेटे थाइल्याण्डका राजा
-
प्रकाश सपुतको ‘वसन्त’ले कति पायो शो ?
-
कोशी पर्यटन वर्ष २०८२ : लक्ष्य १० करोड खर्च गर्ने, तयारी कस्तो ?
-
तीनकुने घटनाका दोषीमाथि कारवाही गर्न नेविसंघको माग
-
तीनकुने घटनाका दोषीमाथि कडा कारबाही गर्न अखिल (समाजवादी) को माग
-
फोहोर नगरेको भन्दै बालेनले दिए शिक्षकहरूलाई धन्यवाद