३७ वर्षीय हलिउड अभिनेता जोनी भ्याक्टरको हत्या

लस एञ्जलस । हलिउड अभिनेता जोनी भ्याक्टरको गोली हानी हत्या गरिएको छ । शनिबार बिहान ३ः३० बजे लस एन्जलसमा आफ्ना सहकर्मीसँग साउथ होप स्ट्रिटमा हिँडिरहेको समयमा ३७ वर्षीय अभिनेताको हत्या भएको हो ।
त्यतिबेला मास्क लगाएका तीन चोरहरूले उनको कारबाट क्याटालिटिक कन्भर्टर चोर्न खोजिरहेका थिए । भ्याक्टरकी आमा र प्रहरीका अनुसार अभिनेताले चोरहरूलाई रोक्ने प्रयास गरेनन् । तरपनि एकजना चोरले उनलाई गोली हाने र सबै त्यहाँबाट भागे । गोली लागेपछि अभिनेतालाई स्थानीय अस्पताल लगिएको थियो । त्यहाँ उनलाई मृत घोषित गरियो । जोनीले ‘जनरल हस्पिटल’, ‘साइबेरिया’ र ‘क्रिमिनल माइन्ड’जस्ता शोमा काम गरेका थिए ।
एजेन्ट डेभिड शलले गरे हत्याको पुष्टि
जोनीका एजेन्ट डेभिड शलले उनको मृत्युको खबर पुष्टि गर्दै भने,‘उनी निकै प्रतिभाशाली थिए । चिन्ने सबैको लागि, उनी एक अद्भुत व्यक्ति थिए । उनले कडा मेहनत गर्थे अनि कहिल्यै हार मान्दैनथे । पेशागत जीवनमा पनि उनी आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्थे । उनको मृत्युको खबरले सबैलाई स्तब्ध बनाएको छ ।’ प्रहरीले यस घटनाबारे छानबिन सुरु गरेको छ । जोनीले सन् २००७ मा ‘आर्मी वाइभ्स’बाट आफ्नो अभिनय करियर सुरु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख अन्तिममा जुम्ला-रारा अल्ट्रा म्याराथन
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म