डेरी एसोसिएसनले गर्यो वक्तृत्वकला प्रतियोगिता
_H2xO9cwXIM.jpg)
काठमाडौँ । नेपाल डेरी एसोसिएसनले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । आगामी १९ गते (जुन १ तारिख) का दिन पर्ने १४औँ दुध दिवसको अवसरमा एसोसिएसनको आयोजनामा सोमबार स्वयम्भू, भगवानपाउ स्थित त्रिरत्न आवासीय विद्यालयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा १५ विद्यालयबाट ३० जना विद्यार्थीहरूले भाग लिएका थिए । कार्यक्रममा उपस्थित विद्यालयहरूबाट सहभागी हुने विद्यार्थीहरू मध्यबाट उत्कृष्ट पाँच प्रथम, द्वितीय, तृतीय, चतुर्थ र सान्त्वना पुरस्कार प्रदान गर्ने नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए ।
सो प्रतियोगितामा मिलन धर्मस्थली स्कुलकी कृष्टिना सिम्खडा प्रथम भएकी छिन् । गोल्डेन गार्डेन स्कुलकी अमृता राना द्वितीय, पद्मकन्या माविकी मदिमा न्यौपाने तृतीय, अनमोल ज्योति स्कुलका मृदुला अर्याल र मेघा पब्लिक स्कुलका विवेक ढुंगाना सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।
एसोसिएसनका अध्यक्ष दाहालले कार्यक्रम समापनमा यस्ता कार्यक्रमहरू हरेक स्कुलमा हरेक वर्ष गर्दै जाने र स्कुलहरूमा दुध तथा दुग्ध पदार्थको वितरण गरी अन्य पेय पदार्थभन्दा दुध, मही, दही, लस्सी सेवन गर्नको लागि आह्वान गर्दै नेपाल डेरी एसोसिएसन सधैँ दुग्ध क्षेत्रको प्रवर्द्धनमा लागिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरिटोक्रेसी मिचेर दोस्रो वरीयतामा रहेकालाई सहायक क्याम्पस प्रमुख नियुक्त गरेपछि असन्तुष्टि
-
शानदार जितसँगै दोस्रो स्थानमा उक्लियो गुजरात
-
हिमालय एअरलाइन्स्ले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै
-
कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट
-
‘कानुनी जटिलताका कारण रेल घाटामा गइरहेको छ’
-
चलेदेखि घाटामा रेल, सय वर्षपछि कार्गोको आस