फोटोफिचर
निषेधित क्षेत्रमा सहकारी पीडितको विरोध प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
सोमबार, १४ जेठ २०८१, १५ : ०१

काठमाडौँ । सहकारी पीडितहरूले आज पनि काठमाडौँमा प्रदर्शन गरेका छन् । विगत चार दिनदेखि आन्दोलनरत सहकारी पीडितहरूले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले माइतीघरदेखि बानेश्वरसम्म र्यालीको आयोजना गरेका थिए । उनीहरुले सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएसम्म रिले अनशन र आन्दोलन जारी रहने अडान लिँदै आएका छन् ।