मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली सरकारले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

सोमबार, १४ जेठ २०८१, १४ : ५०
सोमबार, १४ जेठ २०८१

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नीति तथा कार्यक्रमका लागि इमेलमार्फत सुझाव माग गरेको हो ।

मुख्यमन्त्री कार्यालयले भनेको छ, ‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषय क्षेत्रसँग सम्बन्धित सुझाव दिन इच्छुक महानुभावहरूले जेठ १८ गतेसम्म [email protected] मार्फत सुझाव तथा सल्लाह प्रदान गर्न जेठ १० गतेको यस कार्यालयको निर्णयअनुसार सबैमा आह्वान गरिन्छ ।’ 

प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप