रेमल चक्रवातका कारण भारतमा एक जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा रेमल चक्रवातको असर कम हुन थालेको छ । नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)का डीआईजी मोहसिन शाहिदीले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार चक्रवात गम्भीर श्रेणीबाट बाहिर आएको हो ।
‘पहिले ११० देखि १२० किलोमिटर प्रतिघण्टा रहेको आँधीको गति अहिले घटेर ६० देखि ७० किलोमिटर प्रतिघण्टा पुगेको छ, यो ठुलो राहत हो । आज साँझसम्म यसको प्रभाव अझै कम हुने अपेक्षा गरिएको छ,’ शहिदीले भनेका छन् ।
रेमल चक्रवातका कारण कोलकातामा पर्खाल भत्किँदा एक जनाको ज्यान गएको घटना सार्वजनिक भएको छ । पश्चिम बंगालका प्रमुख क्षेत्रहरूमा एनडीआरएफको १४ टोली तैनाथ गरिएको छ र एसडीआरएफको छ टोली पनि तिनीहरूलाई सहयोग गर्न तैनाथ गरिएको छ ।
पश्चिम बंगाल बाहेक त्रिपुरामा पनि सावधानीका रूपमा एउटा टोली तैनाथ गरिएको बताइएको छ । रेमाल चक्रवात आइतबार राति बंगलादेश र पश्चिम बंगालको तटीय क्षेत्रमा पुगेको छ । भारतीय मौसम विभागले पश्चिम बंगाल र उत्तरपूर्वी राज्यहरूमा भारी वर्षाको चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमसीसीसँगै रोकिएका परियोजना अघि बढाउनेबारे सरकारसँग चार विकल्प
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा चुक्यो नेपाल
-
मानवमा आत्मिक जागरण अपरिहार्य : प्रदेश प्रमुख भट्ट
-
नेपालविरुद्ध म्यानमारको २–० को अग्रता
-
तस्बिरमा हेर्नुहोस् नेपाल र म्यानमारबिचको खेल
-
अध्यादेश अघि नबढेपछि एमालेले बोलायो सचिवालय बैठक