जासन होल्डर विश्वकप टोलीबाट बाहिरिएपछि वेस्ट इन्डिज चिन्तित

काठमाडौँ । वेस्ट इन्डिज क्रिकेट टोलीका प्रमुख चयनकर्ता डेसमन्ड हेन्सले प्रभावशाली अलराउन्डर जासन होल्डर विश्वकप टोलीबाट बाहिरिनु चिन्ताको विषय भएको बताएका छन् । जासन होल्डर टोलीका अनुभवी खेलाडी भएकाले विश्वकपमा उनको अभाव खड्किने डेसमन्डको ठम्याई छ ।
३२ वर्षीय जासन होल्डर टी–२० विश्वकपको सँघारमा चोटका कारण टोलीबाट बाहिरिएका हुन् । उनी क्यारेबियन टोलीका पूर्वकप्तान पनि हुन् । टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ ।
जासन होल्डरको स्थानमा बायाँहाते तिब्रगतिका बलर ओबेद मकोएलाई विश्वकप टोलीमा स्थान दिइएको छ । ओबेद मकोए सोमबार सम्पन्न दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृङ्खलामा पनि क्यारेबियन टोलीमा सहभागी थिए । उक्त शृङ्खलामा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई ३–० ले हराएको थियो ।
काउन्टी च्याम्पियनसिप खेल्ने क्रममा जासन होल्डर घाइते भएका हुन् । काउन्टी च्याम्पियनसिपको केन्टविरुद्धको खेलमा उनले वर्केस्टरशायरका लागि शतक पनि बनाएका थिए । यद्यपि, क्रिकेट वेस्ट इन्डिजले जासन होल्डरको चोटको विषयमा विस्तृत रुपमा केही बताएको छैन ।
‘विश्वकपमा जासन होल्डरको अनुपस्थिति हाम्रा लागि चिन्ताको विषय हो । उनी टोलीका अनुभवी अलराउन्डर हुन् । उनी छिट्टै टोलीमा फर्कनेछन् भन्ने विश्वास हामीले लिएका छौँ । विश्वकपको सँघारमा क्रिकेट वेस्ट इन्डिजका लागि यो दुर्भाग्यपूर्ण क्षण हो,’ प्रमुख चयनकर्ता डेसमन्ड हेन्सले भनेका छन् ।
उनले ओबेद मकाए पनि क्षमतावान् खेलाडी भएको बताए । ‘ओबेद मकाए पनि प्रतिभाशाली खेलाडी हुन् । उनका लागि ठुलो अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो क्षमता देखाउने यो उपयुक्त अवसर पनि हो,’ डेसमन्ड हेन्स भन्छन् ।
केही समयअघि वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल भ्रमणमा आएको थियो । त्यतिबेला ओबेद कमाए पनि क्यारेबियन टोलीमा थिए । नेपाल भ्रमणका क्रममा उनले पाँचवटा टी–२० खेलमा कुल ८ विकेट लिएका थिए । हालै सम्पन्न दक्षिण अफ्रिकाविरुद्धको शृङ्खलामा पनि उनले दुई विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार