स्थानीय तहमा व्याप्त बेरुजु, तलब, छात्रवृत्ति र पाठ्यपुस्तकमै हुन्छ घोटाला

काठमाडौँ । देशभरका १३१ स्थानीय तहका शैक्षिक संस्थामा व्याप्त बेरुजु रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । आफ्नो ६१औँ वार्षिक प्रतिवेदनमा महालेखाले देशभरका विभिन्न स्थानीय तहहरूले पाठ्यपुस्तक, छात्रवृत्ति र शिक्षकको तलबमा बढी रकम निकासा गर्ने गरेको खुलेको हो ।
महालेखाका अनुसार देशका १३१ स्थानीय तहले शिक्षकको तलबमा ३ करोड ९७ लाख ६ हजार रुपैयाँ बढी निकासा गरेका छन् । स्थानीय तहले कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेख भएअनुसार शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालय शिक्षक किताबखानाबाट तलबी प्रतिवेदन पारित गराई तलब भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।
स्थानीय तहले शिक्षकहरूको तलबी प्रतिवेदन पारित नगरेको, बढी ग्रेड भुक्तानी गरेको, दोहोरो निकासा दिएको देखिएको छ । यसबाहेक, दरबन्दीभन्दा बढी शिक्षकहरूको तलब भत्ता निकासा गरेको समेत महालेखाले उल्लेख गरेको छ । यसबाट स्थानीय तहहरूमा समेत केन्द्रीय र प्रदेश सरकारमा जस्तै बेरुजु र अपचलन व्याप्त रहेको देखाउँछ ।
यसबाहेक यो वर्ष १२९ वटा स्थानीय तहले शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट भएभन्दा पाठ्यपुस्तकमा ३ करोड ३९ लाख ८३ हजार रुपैयाँ बढी निकासा दिएका छन् । यस्तै १०१ स्थानीय तहले छात्रवृत्तिमा २ करोड ४७ लाख ६२ हजारसमेत गरी कूल ५ करोड ८७ लाख ४५ हजार बढी निकासा दिएको खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस महाधिवेशन तोकिएको मिति भन्दा दायाँबायाँ गर्न मिल्दैन: अर्जुननरसिंह केसी
-
अमेरिकी सांसदले जेलेन्स्कीको राजीनामा मागेपछि...
-
दक्षिण कोरियामा बढ्दो अमेरिकी सैन्य गतिविधि देखेर भड्किइन् किमकी बहिनी
-
ऊर्जा मन्त्रालयले कुलमानलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने !
-
बार मतदाता नामावली विवाद : आन्दोलनरत पक्ष र समितिबिच वार्ता सुरु
-
अमेरिकामा चीप बनाउन १ खर्ब डलर लगानी गर्दैछ ताइवानको टीएसएमसी