शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

कोलकाताको उपाधि यात्रासँग जोडिएका रमाइला संयोग

सोमबार, १४ जेठ २०८१, १२ : २४
सोमबार, १४ जेठ २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणको उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । कोलकाताले आइतबार राति खेलिएको फाइनल खेलमा सनराइजर्स हैदराबादलाई आठ विकेटले हराउँदै उपाधि कुम्ल्याएको हो ।

कोलकाताले तेस्रो पटक आईपीएलको उपाधि चुमेको हो । आईपीएलको इतिहासमा हालसम्म चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सले मात्र तीन पटकभन्दा बढी उपाधि जित्न सकेका छन् । मुम्बई र चेन्नईले पाँच–पाँच पटक उपाधि हात पारेका छन् ।

आईपीएलको १७औँ संस्करण र कोलकाता नाइट राइडर्सको तेस्रो पटकको उपाधि यात्रासँग केही रमाइला संयोग पनि जोडिएका छन् । सोही विषयमा यहाँ चर्चा गरिएको छ ।

ipl kolkata

  • ३ : कोलकाता नाइट राइडर्सले तेस्रो पटक आईपीएलको उपाधि जितेको हो । कोलकाताले यसअघि सन् २०१२ र सन् २०१४ मा पनि आईपीएलको उपाधि उचालेको थियो ।
  • ३ : इन्डियन प्रिमियर लिगको १७औँ संस्करणमा कोलकाता नाइट राइडर्सले केवल तीन खेलमा हार भोग्यो । यो सिजनको आईपीएलमा कुनै पनि टोलीले भोगेको यो सबैभन्दा कम हार हो । यसअघि सन् २००८ को आईपीएलमा राजस्थान रोयल्सले तीन खेलमा मात्र हार भोगेको थियो । आईपीएलको त्यो सिजनको उपाधि पनि राजस्थानले नै जितेको थियो ।
  • ५ : सबैभन्दा बढी आईपीएलको उपाधि जित्ने टोलीको सूचिमा कोलकाता नाइट राइडर्स तेस्रो स्थानमा छ । मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सले हालसम्म पाँच–पाँच पटक आईपीएलको उपाधि जितिसकेका छन् ।

381517

  • ६ : इन्डियन प्रिमियर लिगको १७औँ संस्करणमा कोलकाता नाइट राइडर्सले ६ वटा खेलमा आफ्ना प्रतिद्वन्द्वीलाई अल आउट गराएको थियो । आईपीएलको इतिहासमा एउटै संस्करणमा कुनै पनि टोलीले यति धेरै प्रतिद्वन्द्वीलाई अल आउट गराएको यो पहिलो पटक हो । यसअघि सन् २००८ र सन् २०१० को आईपीएलमा मुम्बई इन्डियन्सले चार–चारवटा प्रतिद्वन्द्वीलाई अल आउट गराएको थियो ।
  • ५७ : आईपीएलको १७औँ संस्करणको फाइनलमा सनराइजर्स हैदराबादलाई हराउने क्रममा कोलकाता नाइट राइडर्सले ५७ बलअघि नै विजयलक्ष्य पुरा गरेको थियो । आईपीएलको प्ले अफ चरणमा यो कुनै पनि टोलीले हासिल गरेको सबैभन्दा छिटो जित हो । यसअघि कोलकाताले पहिलो क्वालिफायर खेलमा ३८ बल बाँकी रहँदै सनराइजर्स हैदराबादलाई हराएको थियो ।
  • ११३ : फाइनलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको सनराइजर्स हैदराबाद केवल एक सय १३ रन बनाउँदै अलआउट भएको थियो । इन्डियन प्रिमियर लिगको इतिहासमा फाइनलमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा कम स्कोर हो । यसअघि सन् २०१३ को आईपीएलको फाइनलमा मुम्बई इन्डियन्सविरुद्ध एक सय ४९ रनको लक्ष्य पछ्याएको चेन्नई सुपर किङ्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय २५ रनमात्र बनाउन सकेको थियो ।

starc

  • १ : आईपीएलको १७ औँ संस्करणको फाइनलमा कोलकाता नाइट राइडर्सका मिचेल स्टार्क प्लेयर अफ दी म्याच घोषित भएका थिए । आईपीएलको प्ले अफ चरणमा एउटै खेलाडी दुईपटक प्लेयर अफ दी म्याच घोषित भएको यो पहिलो पटक हो । यसअघि पहिलो क्वालिफायर खेलमा पनि मिचेल स्टार्क प्लेयर अफ दी म्याच घोषित भएका थिए ।
  • ३ : आईपीएलको १७औँ संस्करणमा कोलकाता नाइट राइडर्सका सुनिल नारिन प्लेयर अफ दी म्याच घोषित भए । उनी यसअघि सन् २०१२ र सन् २०१८ को आईपीएलमा पनि प्लेयर अफ दी म्याच घोषित भएका थिए । योसँगै उनी आईपीएलको इतिहासमा सबैभन्दा बढी प्लेयर अफ दी म्याचको पुरस्कार पाउने खेलाडी बनेका छन् । शेन वाट्सन र आन्द्रे रसेल हालसम्म दुई–दुई पटक प्लेयर अफ दी म्याच घोषित भएका छन् ।

381536

  • २४ : आईपीएलको १७औँ संस्करणको फाइनलमा कोलकाता नाइट राइडर्सका बैंकटेश ऐयरले केवल २४ बलमा अर्धशतक पुरा गरेका थिए । योसँगै उनले आईपीएलको फाइनलमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने कीर्तिमानसँग बराबरी गरेका छन् । यसअघि सन् २०१० को आईपीएलको फाइनलमा सुरेश रैनाले र सन् २०१६ को आईपीएलको फाइनलमा डेभिड वार्नरले २४ बलमा अर्धशतक बनाएका थिए ।
  • ४ : बैंकटेश ऐयरले आईपीएलको प्ले अफ चरणको खेलमा चारपटक ५० वा त्योभन्दा बढी रन बनाएका छन् । उनी यस्तो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी हुन् । यो सूचिको पहिलो स्थानमा रहेका सुरेश रैनाले प्ले अफ चरणको सातवटा खेलमा अर्धशतक बनाएका छन् ।
  • ४ : आईपीएलको १७औँ संस्करणको फाइनलमा सनराइजर्स हैदराबादका ट्राभिस हेड ‘डक आउट’ भएका थिए । उनी आईपीएलको एउटै संस्करणको प्ले अफ चरणमा एक पटकभन्दा बढी ‘डक आउट’ हुने चौथो खेलाडी बनेका छन् । उनी यसअघि पहिलो क्वालिफायर खेलमा पनि ‘डक आउट’ भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप