बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
काठमाडौँ महानगरविरुद्ध सडकमा उत्रिए न्युरोडका स्थानीय, तस्बिरहरू
फोटोफिचर

काठमाडौँ महानगरविरुद्ध सडकमा उत्रिए न्युरोडका स्थानीय, तस्बिरहरू

सोमबार, १४ जेठ २०८१

काठमाडौँ । काठमाडौँको व्यापारिक केन्द्र न्युरोडको सडकलाई साँघुरो पार्ने काठमाडौँ महानगरपालिकाको योजनाको स्थानीयले विरोध गरेका छन् । महानगरपालिकाको योजनाको विरोधमा स्थानीयले मानव साङ्लो बनाएर साङ्केतिक प्रदर्शन गरेका हुन् ।

new road protest (1)

‘नयाँ सडक बचाऊ’ भन्ने ब्यानर लिएर स्थानीय विरोधमा उत्रिएका थिए । यही विषयलाई लिएर महानगरपालिका र सडक विभागबिच समेत विवाद देखिएको थियो ।

new road protest (2)

महानगरपालिकाले अनुमति बिना न्युरोडको सडक काट्ने काम गरेको भन्दै विभाग अन्तरगतको डिभिजन कार्यालयले महानगरको सडक काट्ने मेसिन जफल गरेको थियो । त्यसैको रिसमा मेयर बालेन शाहले विभागको कार्यालय अगाडि एक ट्रक धुलो लगेर फालिदिएका थिए ।

new road protest (3)new road protest (4)new road protest (5)new road protest (6)new road protest (7)new road protest (8)new road protest (9)

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया