कार्यादेशमा साझा धारणा बनाउन कांग्रेसले बोलायो पदाधिकारी बैठक
_7m2Y5dF8K7.jpg)
काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समितिको कार्यादेशबारे साझा धारणा बनाउन वर्तमान र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता गठबन्धनका नेताहरूसँग बालुवाटारमा भएको छलफलपछि कांग्रेसले आन्तरिक गर्न लागेको हो । सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको छ ।
संसदीय छानबिन समिति गठनमा सत्ता पक्ष सहमत भए पनि समितिको कार्यादेशमा कुरा मिल्न सकेको छैन । गृहमन्त्री लामिछानेको नाम नै राखेर संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कांग्रेसको छ । सत्ता पक्ष लामिछानेको नाम उल्लेख गरेर कार्यादेश बनाउने पक्षमा देखिएको छैन ।
आज बिहानको छलफलमा पनि दुवै पक्ष आ–आफ्नो अडानमा रहँदा सहमति हुन सकेन । प्रधानमन्त्री प्रचण्डले सत्तारुढ एमाले–रास्वपा र विपक्ष कांग्रेसलाई आन्तरिक छलफलका लागि समय दिएका छन् । सहमहामन्त्री परियारका अनुसार आजै साँझ प्रधानमन्त्रीले दुवै पक्षलाई बोलाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)