जेठ २३ देखि ‘चौथो आदिवासी जनजाति चलचित्र महोत्सव’ हुने
काठमाडौँ । आदिवासी जनजाति चलचित्र महासङ्घको आयोजनामा ‘चौथो आदिवासी जनजाति चलचित्र महोत्सव–२०८१’ प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा यही जेठ २३ देखि २५ गतेसम्म आयोजना हुने भएको छ ।
महासङ्घले राजधानीमा एक कार्यक्रम गर्दै महोत्सवबारे जानकारी दिएको हो । आदिवासी जनजाति चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महासङ्घका अध्यक्ष पुर्खाजित राईले बताए ।
‘महासङ्घले स्थापना कालदेखि नै महोत्सवलगायतका आदिवासी जनजाति चलचित्र प्रवर्द्धनसम्बन्धी कार्यक्रम गर्दै आएको हो’, राईले भने, ‘कोरोना महामारीका कारण तेस्रो संस्करणपछि महोत्सव आयोजना गर्न सकिएको थिएन । अहिले आएर पुनः निरन्तरता दिन लागेका छौ ।’
मुलुकको अर्थतन्त्र बलियो बनाउन र राष्ट्रको सांस्कृतिक पहिचानलाई जोगाइ राख्न आदिवासी जनजाति चलचित्रको ठुलो भूमिका रहेको भए पनि राज्यले चासो नदिएको राईको गुनासो छ ।
२०४४ सालमा नेवारी भाषाको चलचित्र ‘शिलु’ निर्माण भएयता ७ सयभन्दा बढी आदिवासी चलचित्रहरू निर्माण भइसकेको बताउँदै उनले थपे, ‘तर, नीतिगत समस्याका कारण सोचे अनुरूप आदिवासीजन जाति चलचित्रको विकास हुन सकेको छैन ।’
आदिवासी जनजाति चलचित्र महोत्सवले आदिवासी जनजातिका मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्परा र लोक प्रथाको दस्तावेजीकरण एवं संरक्षण र प्रवर्द्धनका साथै पर्यटन विकासमा टेवा पुग्ने आयोजकको विश्वास छ ।
महोत्सवको यो चौथो संस्करणमा फिचर, सर्ट फिल्म डकुमेन्ट्रीसहित नौ वटा चलचित्र प्रदर्शन गरिनेछ । महोत्सवमा प्रदर्शन हुने उत्कृष्ट चलचित्रलाई नगद २० हजार, उत्कृष्ट वृत्तचित्रलाई १० हजार, उत्कृष्ट सर्ट फिल्मलाई १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, पब्लिक च्वाईस अवार्ड पाउनेलाई ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार र शनिबार कहाँ-कहाँ हुन्छ वर्षा ?
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग