फेसन शोमा दुलही पहिरन

काठमाडौँ । फेसन नेटवर्क नेपालले शुक्रबारदेखि आयोजना गरेको नेपाल फेसन फेस्टिभल आइतबार साँझ सकिएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना गरिएको फेस्टिभलमा मोडलहरूले विभिन्न आधा दर्जन डिजाइन, बुटिक तथा फेसन कलेजका डिजाइनरहरूले तयार पारेका अत्याधुनिकदेखि परम्परागत तथा कलात्मक पहिरनहरू प्रदर्शन गरे ।
फेसन शोको पहिलो सिक्वेन्समा रेजभोल कस्मेटिक्सको प्रस्तुति रह्यो । यो सिक्वेन्समा आकर्षक पहिरनमा सजिएका मोडलहरूले प्रारम्भ र्याम्पको मध्य भाग राखिएको कुर्सीमा बसेर रेजभोलका कस्मेटिक्सद्वारा मेकअपलाई टचअप गर्दै क्याटवाक गर्न थालेका थिए । फेसन शोको दोस्रो सिक्वेन्समा जेबिजी बीस्पोकका डिजाइनरहरू प्रस्तुत गरियो । यो सिक्वेन्समा मोडलहरू दुलहीले लगाउने परम्परागत पहिरनदेखि गरगहनाहरूसमेत प्रदर्शन गरेका थिए ।
तेस्रो सिक्वेन्समा डिजाइनर हेमा श्रेष्ठको हेमाज बुटिकले तयार पारेका पहिरनहरू प्रदर्शन गरियो । यो सिक्वेन्समा डिजाइनर श्रेष्ठले तयार पारेका आकर्षक पहिरनलाई दर्शकले मन पराएको पाइयो ।
चौथो सिक्वेन्समा इन्ता अटाएरका पहिरनहरू प्रदर्शन गरियो । यो सिक्वेन्सका लागि डिजाइनर इन्ता श्रेष्ठले निकै मेहनत गरेर तयार पारेका विभिन्न शैलीका पहिरनहरू प्रदर्शन गरिएको थियो । त्यसपछिको सिक्वेन्समा लोगो फेसनका पहिरनहरू प्रदर्शन गरिएको थियो ।
फेसन शोको अन्तिम सिक्वेन्समा नमुना कलेज अफ फेसन टेक्नोलोजीका विद्यार्थीहरूले तयार पारेका आकर्षक पहिरनहरू प्रदर्शन गरियो । यो सिक्वेन्समा डिजाइनरहरूको कल्पनाशीलता स्पष्ट रूपमा पहिरनमा झल्किएको थियो । फेसन शोको अन्तिम सिक्वेन्स भए पनि दर्शकहरूले नमुनाका पहिरनलाई विशेष रुचाएको पाइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमाको आधारमा इ-कर्जा : खल्तीबाट माग गरी खल्तीमै रकम प्राप्त गर्न सकिने
-
रोनाल्डो र फिगोजस्ता चर्चित फुटबलर तयार पार्ने प्रशिक्षक अरेलियो परेराको निधन
-
सतुंगलबाट लागुऔषधसहित तीन जना पक्राउ
-
धरानको पानबारीस्थित जङ्गलमा एक महिला मृत फेला, हत्या गरेको आशङ्का
-
सीजीका साना घरायसी उपकरणको खरिदमा थाइल्यान्ड घुम्ने अवसर
-
सुर्खेत उपत्यका नगर विकास समितिमा अख्तियारको छापा