२०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि

काठमाडौँ । सरकारले १५ औँ आवधिक योजनामार्फत गरिबीको दरलाई तीव्र दरमा घटाउने रणनीतिमा कोभिड–१९ र विश्व घटना बाधक बनेको तर्क गरेको छ । आइतबार आर्थिक सर्वेक्षण २०८१ जारी गर्दै सरकारले कोभिड–१९ महामारी र विश्व परिघटनाबाट आपूर्ति शृङ्खलामा परेको प्रभावको कारण निरपेक्ष गरिबीको दर घटाउन नसकिएको उल्लेख गरेको हो ।
नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) अनुसार निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या २०.२७ प्रतिशत रहेको जनाएको थियो । यसमा ग्रामीण क्षेत्रमा निरपेक्ष गरिबीको सङ्ख्या २४.६६ प्रतिशत रहेकोमा सहरी क्षेत्रमा १८.३४ प्रतिशत रहेको बताइएको थियो । १५ औँ योजनाले यस्तो निरपेक्ष गरिबीको दरलाई ९.५ प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो ।
तर, १५ औँ योजनाको अन्तसम्ममा लक्षित सीमामा गरिबीको दरलाई झार्न नसकिएको बताउँदै सरकारले यसको कारण कोभिड–१९ र विश्व परिघटना रहेको दोष लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन