चितवन दुर्घटना अपडेट : २२ जना घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर (सूचीसहित)
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । दुर्घटनामा १७ वर्षीय किशोरको मृत्यु भएको छ ।
मृतकको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए । घाइतेहरूमध्ये ५ जनाको अवस्था गम्भीर छ । १३ जनाको मध्यम र ३ जनाको अवस्था सामान्य रहेको डीएसपी रिजालले जानकारी दिए ।
घाइते हुनेहरु अधिकांश प्युठान र अर्घाखाँचीका छन् । गए राति काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा.४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना.३ ख ७९१५ नम्बरको डिब्बा ट्रक, काठमाडौँबाट बर्दिबास जाँदै गरेको ना.७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको ना.६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएको हो ।
- घाइते हुनेहरूको सूची :
१. सुधन केसी, २८ वर्ष (प्युठान नौबैनी गाउँपालिका–७)
२. निरज केसी, ३६ वर्ष (प्युठान नगरपालिका–१०)
३. निर्मला भुषाल, ३६ वर्ष (प्युठान मालारानी गाउँपालिका–२)
४.सुरज सुनार, २५ वर्ष (प्युठान गौमुखी गाउँपालिका–७)
५. पवित्रा दर्लामी, २९ वर्ष (अर्घाखाँची सितागंगा नगरपालिका–८)
६. पुरन गिरी, २८ वर्ष (प्युठान झिम्रुम नगरपालिका–७)
७. समिर के एम, २० वर्ष (प्युठान नगरपालिका–८)
८. तारापति बुढाथोकी, ३६ वर्ष (सारुमहारानी गाउँपालिका–४)
९. मुनादेवी बुढाथोकी, ३५ वर्षीया (सारुमहारानी गाउँपालिका–४)
१०. मनदेवी थापा, ५६ वर्ष (प्युठान ऐरावती गाउँपालिका–६)
११. पदम थापा, ६० वर्ष (प्युठान)
१२. सुशील केसी, २१ वर्ष (प्युठान नगरपालिका–१०)
१३. प्रतिभा भण्डारी, १७ वर्ष (प्युठान नगरपालिका–४)
१४. सलिसा थापा, १८ वर्षीया (प्युठान नगरपालिका–८)
१५. प्रकाश केसी, ३८ वर्ष (प्युठान नगरपालिका–१)
१६. पार्वता केसी, ५३ वर्ष (प्युठान नगरपालिका–८)
१७. गौरव झाक्री, ३२ वर्ष (नौबहिनी गाउँपालिका–३)
१८. दिपक सुनार, २९ वर्ष (प्युठान गौमुखि गाउँपालिका–३)
१९. लाम बहादुर दर्लामी, ४९ वर्ष (अर्घाखाँची सितगंगा नगरपालिका–८)
२०. सन्तोष केसी, २५ वर्ष (प्युठान गनरपालिका–८)
२१. राजन सुवेदी, २१ वर्ष सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका (ट्रक चालक)
२२. सुवास कार्की, २६ वर्ष सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ (ट्रक चालक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश खेलकुद परिषद्मा ४ जना सदस्य नियुक्त
-
अति संवेदनशील मतदान स्थलमा १६ जना प्रहरी परिचालन गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
-
कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने यी हुन् ९ आधार
-
क्रिप्टो कारोबारमा मुछिएका ३३ जना धरौटीमा रिहा, तीन जना विदेशी नागरिक पूर्पक्षका लागि कारागार चलान
-
बागमतीका २ सचिवलाई थप जिम्मेवारी तोक्ने निर्णय
-
अस्ट्रेलियाका इङ्लिस पञ्जाब र भुवनेश्वर कुमार बेंगलुरुमा, बिक्री भएनन् शाई होप