बंगलादेश र पश्चिम बंगालको तटीय क्षेत्रमा पुग्यो रेमल चक्रवात
सोमबार, १४ जेठ २०८१, ०७ : ३४

नयाँ दिल्ली । चक्रवाती आँधी रेमल आइतबार राति बंगलादेश र पश्चिम बंगालको तटीय क्षेत्रमा पुगेको छ । रेमलको प्रभावले बंगलादेश र पश्चिम बंगालका तटीय क्षेत्रमा हावाहुरीसहित वर्षा भइरहेको छ ।
बंगलादेश मौसम विभागका अनुसार चक्रवातको मुख्य भाग स्थानीय समय अनुसार राति ११ बजे तटीय क्षेत्र पार गरेको हो । यो आँधी बंगलादेश र पश्चिम बंगाल हुँदै गइरहेको छ । यही कारणले आइतबार दिउँसोदेखि अर्को २१ घण्टा पश्चिम बंगालका एयरपोर्टहरूमा उडानहरू रद्द गरिएको छ।
रेमलको प्रभाव नेपालमा पनि देख्न सकिन्छ । साथै, उत्तर बिहारका अधिकांश सहरहरूमा मानिसहरूले गर्मीबाट केही राहत पाउन सक्छन्।
भारतको मौसम विभागले पश्चिम बंगाल, ओडिशा र लगभग सबै उत्तरपूर्वी राज्यहरूमा भारी वर्षाको चेतावनी पनि दिएको छ। रेमलको प्रभाव यी राज्यहरूमा आगामी दुई दिनसम्म रहन सक्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल