दोहाबाट डब्लिन जाँदै गरेको विमानमा टर्बुलेन्स, १२ जना घाइते
डब्लिन । दोहाबाट डब्लिन जाँदै गरेको विमानमा टर्बुलेन्स हुँदा कम्तीमा १२ जना घाइते भएका छन् । डब्लिन एयरपोर्ट अपरेटर डीएएअनुसार, बोइङ ७८७-९ ड्रीमलाइनरले टर्कीको आकाशमा टर्बुलेन्सको सामना गरेको हो ।
कतार एयरवेजको फ्लाइट क्यूआर ०१७ स्थानीय समय अनुसार १ बजे अवतरण भएको थियो । त्यसपछि विमानस्थल प्रहरी, एम्बुलेन्स र दमकल विभाग जस्ता आपत्कालीन सेवाका कर्मचारी त्यहाँ पुगेका थिए ।
रिपोर्टका अनुसार, टर्बुलेन्सका कारण छ जना यात्रु र छ जना चालक दलका सदस्यहरू घाइते भएका छन्, जसमध्ये आठ जनालाई अस्पताल लगिएको छ।
डीएएले एयरपोर्टमा उडान सञ्चालनमा कुनै असर नपरेको र उडानहरू समयमै आइपुगेको बताएको छ। कतार एयरवेजले भन्यो, ‘उडानका क्रममा केही यात्रु र चालक दलका सदस्यहरूलाई सामान्य चोटपटक लागेको छ र उनीहरूको उपचार भइरहेको छ।’
यस हप्ताको सुरुमा, सिंगापुरका लागि उडेको विमानमा टर्बुलेन्सका कारण एक ७३ वर्षीय बेलायती नागरिकको मृत्यु भयो। यस क्रममा १०० भन्दा बढी यात्रु घाइते भएका थिए । यसमध्ये २० जनालाई स्पाइनल इन्जुरीका कारण आईसीयूमा राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी कुगेलेइन र जेब नेपालमा
-
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
-
स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा हौसिएको छ माओवादी
-
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
-
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’