शक्तिशाली रेमल चक्रवातबारे मौसम विभागले भन्यो– ‘चार प्रदेशमा सतर्क हुनु’

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ एक बुलेटिन जारी गर्दै बङ्गालको खाडीमा विकसित शक्तिशाली रेमल चक्रवातबाट देशका ४ प्रदेशमा प्रभाव पर्ने जनाएको छ ।
सोमबार र मङ्गलवार दैनिक जन–जीवन, कृषि, पर्यटन, सडक तथा हवाई यातायात लगायत क्षेत्रहरू प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
बङ्गालको खाडीमा विकसित न्यून–चापीय प्रणाली जेठ १२ गते साँझ चक्रवातमा परिणत भई हाल शक्तिशाली चक्रवातको रुपमा रहेको महाशाखाले जनाएको छ ।
रेमल नाम दिइएको उक्त चक्रवात भारतको पश्चिम बङ्गाल तथा बङ्गलादेशको तटीय क्षेत्रीय तर्फ अगाडि बढिरहेको जनाइएको छ ।
उत्तरी बङ्गालको खाडीमा रहेको शक्तिशाली “रेमल” चक्रवात आज राती बङ्गलादेश र पश्चिम बङ्गाल आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको विभागको भनाई छ ।
नेपालको सन्दर्भमा रेमल चक्रवातको प्रत्यक्ष प्रभाव नरहेता पनि यसको अप्रत्यक्ष प्रभावबाट सोमबार र मङ्गलवार नेपालको कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारण देखि पूर्णरुपमा बदली रहने जनाएको छ ।
कोशी प्रदेशको केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग हावाहुरीसहित हल्का देखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।
तराईका भू–भागमा हावाहुरीको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
बुलेटिनमा भनिएको छ–‘मधेस प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ । बागमती प्रदेशको थोरै स्थानहरू मेघ गर्जन र चट्याङ्ग हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’
यस्तै गण्डकी प्रदेशको केही स्थानहरू मेघ गर्जन र चट्याङ्ग हावाहुरी सहित हल्का देखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखी मध्यम हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जादरानले तोडे च्याम्पियन्स ट्रफीको कीर्तिमान
-
एसपिए कैलाली प्रिमियर लिग–३ को उपाधि भिमदत्तले जित्यो
-
एमसीसीसँगै रोकिएका परियोजना अघि बढाउनेबारे सरकारसँग चार विकल्प
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा चुक्यो नेपाल
-
मानवमा आत्मिक जागरण अपरिहार्य : प्रदेश प्रमुख भट्ट
-
नेपालविरुद्ध म्यानमारको २–० को अग्रता