बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

ठगेको आरोप लागेका १९ वर्षीय किशोरको १ करोड ५१ लाख कारोबार

बायनान्स एप मार्फत ठगीधन्दा
आइतबार, १३ जेठ २०८१, २१ : २३
आइतबार, १३ जेठ २०८१

काठमाडौँ । बायनान्स एप मार्फत ठगेको आरोपमा १९ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका घर भएर कोटेश्वर बस्ने विज्ञान घर्तीमगर छन् ।

किशोरले बायनान्स एप मार्फत १ करोड ५१ लाख कारोबार गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

फेसबुक र टेलिग्राम मार्फत कुरा गरेर उनले एपमा लगानी गर्दा दोब्बर कमाई हुन्छ भनेर ठगीधन्दा चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार दोब्बर कमाउने लोभ देखाएर पीडितको २ लाख १६ हजार आरोपीले ठगी गरेको भेटिएको छ । बायनान्स मार्फत क्रिप्टोकारोबार गर्ने किशोरलाई थप अनुसन्धान र कारबाही गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप