सरकारसँगको सम्झौता कार्यान्वयन भएन : अध्यक्ष ठाकुर
आइतबार, १३ जेठ २०८१, २१ : ०२
मलङ्गवा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले तत्कालीन मधेस आन्दोलनका क्रममा सरकारसँग भएका विभिन्न सम्झौतालाई पालना नभएको गुनासो गरेका छन् । उनले भने, “जनसङ्ख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।”
लोसपा नेपाल जिल्ला कार्यसमिति सर्लाहीद्वारा सदरमुकाम मलङ्गवामा आज आयोजित सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुर संविधान र कानुनलाई आफ्नो पार्टीले परिपालन गरिराखेको बताए ।
“हामी चुनाव लड्छौँ, चुनाव लड्नु भनेको त युद्ध सरह हो”, उनले भने, “हामी शान्तिपूर्ण रुपमा अहिंसात्मक आन्दोलन गरिरहेका छौँ ।” उनको मधेस आन्दोलनको क्रममा नेता कार्यकर्तामाथि लगाइएको झुठा मुद्दाको फिर्ता गर्न र जेलमा रहेको तथा मुद्दा लगाइएपछि फरार रहेकामाथिको मुद्दा फिर्ता गर्न सरकारसँग माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच दोस्रो चरणको वार्ता रोममा हुने
-
झरिमा जनजीवन (तस्बिरहरु)
-
वैशाखमा ५ फिल्म : ऐतिहासिक ‘जार’देखि सामाजिक कथाको ‘झिल्को’सम्म
-
बागमतीका निलम्बित मेयर थापाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेसी आइतबार
-
विश्वप्रकाशको प्रश्न : सरकार सफल हुने भनेको मौन धारण गरेर हो ?
-
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार : निलम्बनको सिफारिसमा को- को परे ? (सूचीसहित)