बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

निजीकरण गरिएका १८ सार्वजनिक संस्थान, कुन कहिले भए ?

भृकुटी कागज कारखानादेखि बाँसबारी छाला जुत्ता कारखानासम्म
आइतबार, १३ जेठ २०८१, २० : ५६
आइतबार, १३ जेठ २०८१

काठमाडौँ । खुल्ला तथा उदार आर्थिक नीतिको अवधारणसँगै मुलुकको ठुला र महत्त्वपूर्ण औद्योगिक क्षेत्र निजीकरण गरिएको आजसम्म पनि चर्चा हुने गरेको छ । खास गरी २०४६/४७ पछिको प्रजातन्त्रको पुनर्बहालीसँगै यस्ता धेरै सार्वजनिक संस्थान तथा उद्योगहरू निजी क्षेत्रलाई सुम्पिने काम भएको थियो । 

२०४९ साल कात्तिक ५ गते भृकुटी कागज कारखाना निजी क्षेत्रलाई सुम्पिने काम भएपछि सुरु भएको सरकारी संस्थानहरूको निजीकरणको शृङ्खला २०६३ सम्म आइपुग्दा १८ वटा पुगेको सरकारी रिपोर्टले जनाएको छ । 

सरकारले आर्थिक सर्वेक्षण, २०८१ मार्फत मुलुकका १८ वटा संस्थाहरू विभिन्न समय र काल खण्डमा निजीकरण गरिएको रिपोर्टमा उल्लेख गरेको छ । 

यस्तो छ सरकारी संस्थान निजीकरण गरिएको विवरण

१ भृकुटी कागज कारखाना, २०४९ कात्तिक ५

२.हरिसिद्धि इँटा टायल कारखाना, २०४९ कात्तिक १४

३.बाँसबारी छाला जुत्ता कारखाना, २०४९ कात्तिक २४

४.चलचित्र विकास कम्पनी लि., २०५० कात्तिक २६

५.बालाजु कपडा उद्योग, २०५० मङ्सिर १७

६.काँचो छाला सङ्कलन तथा विक्री केन्द्र, २०५० मङ्सिर २८

७.नेपाल विटुमिन तथा व्यारेल उद्योग, २०५१ असार ७

८.नेपाल ल्यूब आयल, २०५१ जेठ २२

९.नेपाल ढर्लोट उद्योग लि., २०५२ चैत १२

१०.रघुपति जुट मिल्स, २०५३ साउन ३०

११.नेपाल बैंक लि.,२०६३ असोज २१

१२.नेपाल चिया विकास निगम, २०५७ असार १४

१३.बुटवल पावर कम्पनी, २०५९ पुस १९

१४.नेपाल दूरसञ्चार कम्पनी लि., २०६४ पुस ६¬

१५.भक्तपुर इट्टा टायल कारखाना लि., २०६० पुस २२

१६.विराटनगर जुट मिल्स, २०५३ पुस ४

१७.लुम्बिनी चिनी कारखाना, २०६२ पुस २४

१८.नेपाल रोजिन एण्ड टर्पेण्टाईन लि., २०६३ वैशाख २९ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप