नेपाल भलिबल लिग सञ्चालनका लागि भलिबल संघ र केडिया ग्रुपबिच सम्झौता
आइतबार, १३ जेठ २०८१, १७ : ४३

काठमाडौँ । नेपाल पुरुष भलिबल लिग आयोजना गर्ने विषयमा नेपाल भलिबल संघ र केडिया ग्रुप प्रालीबिच सम्झौता भएको छ । यस सम्बन्धि सम्झौतापत्रमा आइतबार नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केडिया अर्गनाइजेसन प्रालीका प्रबन्ध निर्देशक विमलकुमार केडियाले हस्ताक्षर गरे ।
सम्झौता अनुसार, पुरुष फ्रेन्चाइज भलिबल लिग सम्पन्न गर्न लाग्ने सम्पूर्ण खर्च केडिया ग्रुपले व्यवस्थापन गर्नेछ । केडिया ग्रुपले नेपाल भलिबल संघलाई प्रत्येक वर्ष ३५ लाख रुपैयाँ पनि उपलब्ध गराउने छ ।
फ्रेन्चाइज भलिबल लिगको पहिलो संस्करण आगामी माघदेखि फागुनसम्म काठमाडौँ आयोजना हुने बताइएको छ । अन्य संस्करण भने होम एन्ड अवेका आधारमा देशका विभिन्न सहरमा खेलाइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयी
-
आजदेखि फेवा महोत्सव, होटलमा पाहुनालाई २० प्रतिशतसम्म छुट
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
वैशाख अन्तिममा जुम्ला-रारा अल्ट्रा म्याराथन
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार