फेरि अस्पतालमा भर्ना भए मुनव्वर फारुकी

नयाँ दिल्ली । बिग बोस १७ का विजेता तथा भारतीय स्ट्यान्डअप कमेडियन मुनव्वर फारुकी फेरि अस्पतालमा भर्ना भएका छन् । मुनव्वरका साथीले इन्ष्टाग्राममा एउटा पोष्ट शेयर गरेका छन् ।
पोष्टमा मुनव्वर अस्पतालको बेडमा सुतिरहेको देखिन्छन् । तस्वीर मुनव्वरका साथथी नितिन मेघानीले शेयर गरेका हुन् ।
फोटोमा कमेडियनको हातमा सलाइन पानी चढाइरहेको देखिन्छ । मे २४ मा उनलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ । मुनव्वरलाई के भएको भन्ने चाहिँ खुलासा भएको छैन । गएको महीना पनि मुनव्वर अस्पताल पुगेका थिए । पेटमा इन्फेक्शनका कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
त्यतिबेला उनी आफैँले अस्पतालको बेडबाट फोटो शेयर गरेका थिए । यो वर्ष शुरु भएदेखि नै मुनव्वर विवादमा घेरिरहेका छन् । मार्चमा हुक्काबारमा छापा मार्ने क्रममा उनलाई प्रहरीले समातेका थिए ।
कामको कुरा गर्नु पर्दा मुनव्वर हालै हिना खानको साथमा ‘हल्की हल्की सी’ म्युजिक भिडियोमा देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष
-
पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा
-
१० बजे १० समाचार : घाटामा रेलदेखि ललिता निवासमा अख्तियार सर्वोच्चसम्म