आर्थिक सर्वेक्षण : फागुनसम्म २ लाख ६८ हजार ७ सय मेट्रिक टन मल आयात

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म कुल २ लाख ६८ हजार ७ सय मेट्रिक टन मल आयात भएको छ ।
गत आर्थिक वर्षको मौज्दात समेत गरी चालु आर्थिक वर्षको फागुनसम्म २ लाख ७० हजार ६ सय मेट्रिक टन मल अनुदानमा बिक्री वितरण गरिएको सरकारले आर्थिक सर्वेक्षण २०८०/८१ मा उल्लेख गरेको छ ।
गत आर्थिक वर्षको फागुनसम्म २ लाख ३२ हजार ८६ मेट्रिक टन रासायनिक मल आयात भएको थियो भने मौज्दात समेत गरी १ लाख ७८ हजार ३२ मेट्रिक टन बिक्री वितरण गरिएको थियो ।
चालु आर्थिक वर्षका लागि रासायनिक मलको कुल माग ६ लाख मेट्रिक टन रहेको छ जसमध्ये युरिया ३ लाख ६० हजार, डिएपी २ लाख २० हजार र पोटास २० हजार मेट्रिक टन छ ।
गत आर्थिक वर्ष २०७९/८० रासायनिक मलको कुल माग ५ लाख २० हजार मेट्रिक टन रहेकोमा आर्थिक वर्षको अन्त्यसम्म ४ लाख ७ हजार ३ सय मेट्रिक टन मल आयात भई ३ लाख ४२ हजार ७ सय मेट्रिक टन मल अनुदानमा बिक्री वितरण भएको थियो ।
चालु आर्थिक वर्षको फागुनसम्म माग अनुसारको २ लाख ७० हजार ६ सय मेट्रिक टन मल बिक्री वितरण भएको छ । हाल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडमा कुल ८१ हजार मेट्रिक टन मल मौज्दात रहेको उल्लेख छ ।
अनुदानमा वितरण हुने रासायनिक मलको वितरण प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन मल वितरक कम्पनीहरू मार्फत मलखाद व्यवस्थापन वितरण प्रणालीसम्वन्धी सफ्टवेयर कार्यान्वयनमा ल्याइएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट
-
उपभोक्ता संरक्षण विभागको बजार अनुगमन तीव्रः सात फर्म कारबाहीमा
-
सगरमाथा आधार शिविरमा लेक लागेर श्रमिकको मृत्यु
-
संविधानले दिएको अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार विर्सन मिल्दैनः राष्ट्रपति पौडेल
-
मुस्ताङमा च्याङ्ग्रा जोन : ७८ फार्म सूचीकृत
-
तरुण दलले दियो अधिवेशनको मिति तोक्न तल्ला समितिलाई निर्देशन