आर्थिक विकास केन्द्रित कूटनीति अगाडि बढ्दैछ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक विकास केन्द्रित कूटनीति अगाडि बढाउने बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री श्रेष्ठले आर्थिक विकास केन्द्रित कूटनीति अगाडि बढ्दै गरेको बताएका हुन् । उनले आफू परराष्ट्र मन्त्रालयमा आएसँगै बन्द रहेका चीन सँगका १४ वटा परम्परागत व्यापारिक नाकाहरू खुला भएको बताए । त्यस्तै नेपालीहरू चीन जान भिसा निःशुल्क भएको पनि उनले उल्लेख गरे ।
उनले भने, ‘कोभिड अगाडिदेखि नै बन्द रहेका १४ वटा परम्परागत व्यापारिक नाकाहरू खुला भए । त्यस्तै नेपालीहरूलाई चीन जान भिसा निःशुल्क भएको छ । अरुपनि थुप्रै कामहरू भएको छ । अरू देशहरूसँग पनि अब हाम्रो आर्थिक विकास केन्द्रित कूटनीति अगाडि बढ्दैछ ।’
परराष्ट्रमन्त्री श्रेष्ठले आफूले परराष्ट्र मन्त्रीको रूपमा गर्नुपर्ने कामहरू अगाडि बढाइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार रिहा गर्ने भनिएका ६ मध्ये दुई इजरायली बन्धक रिहा
-
पूर्वराजाबारे प्रचण्ड : इतिहासको रछ्यानमा मिल्क्याइएका तत्त्वहरू सल्बलाए
-
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद्को मुद्दा अघि बढाउँछौँ : भुसाल
-
एलिनाको ‘याद बाँकी छ’ गीतको भिडियोमा उनकै कथा
-
उत्तरआधुनिक अन्तरेपथ
-
‘धरान रन’को उपाधि केन्याली धावकलाई