बंगालको खाडीमा ‘रेमल’ चक्रवात, चेतावनी जारी

नयाँ दिल्ली । भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात रेमलले गति लिएर अबको केही घण्टामा ठुलो चक्रवाती आँधीमा परिणत हुन सक्नेछ । यो चक्रवात मे २६ को मध्यरातमा बंगलादेश र पश्चिम बंगालको तटमा पुग्न सक्छ ।
मौसम विभागले सागर टापुबाट करिब ४२० किलोमिटर दक्षिणमा रहेको पूर्वी–मध्य बंगालको खाडीमा रहेको भारी न्यून चापीय रेखा रहेको जनाएको छ । चक्रवात रेमललाई ध्यानमा राख्दै मौसम विभागले चेतावनी जारी गरेको छ ।
तटीय क्षेत्रका माछा मार्नेहरूलाई समुन्द्रमा नजान आग्रह गरिएको छ । समुन्द्रमा रहेकाहरुलाई फर्किन भनिएको छ । पश्चिम बंगालको दक्षिण २४ परगना र उत्तर २४ परगना जिल्लाहरूमा पनि चेतावनी जारी गरिएको छ र मानिसहरूलाई कमजोर भवनहरू खाली गर्न भनिएको छ ।
हावाहुरीका कारण धेरै ठाउँमा बाढी आउन सक्ने तथा बिजुली तथा सञ्चार सम्पर्कमा क्षति पुग्न सक्ने मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ । मौसम विभागका अनुसार पश्चिम बंगालका अन्य धेरै तटीय जिल्लाहरू यस आँधीबाट प्रभावित हुनेछन् । यसको प्रभाव त्रिपुरा, असम, नागाल्याण्ड र मणिपुरमा पनि देख्न सकिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल