रामकुमारीको आक्रोश– लोकतन्त्रमा भोट नहाल्न पाइन्छ तर आर्थिक अपराधीलाई प्रवर्द्धन गर्ने छुट छैन
काठमाडौँ । एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेर आर्थिक अपराध गरेको बताएकी छिन् । गणतन्त्रात्मक व्यवस्थासम्बन्धी कार्यक्रमलाई आइतबार प्रज्ञा प्रतिष्ठानमा सम्बोधन गर्दै उनले सहकारी सदस्य नभएको मान्छेले कृते गरेर जनताको बचत अपचलन गर्नु गम्भीर आर्थिक अपराध भएको आरोप लगाएकी हुन् ।
‘जुन मान्छे सहकारीको सदस्य होइन, उसले कृते गरेर जनताको बचत अपचलन गर्छ भने त्यो आर्थिक अपराध हो । यो अपराधमा उठेका प्रश्नको जवाफ दिनु छैन, अनेक कृतेका कुरा अगाडि आइन्छ । लोकतन्त्रका लागि लडेका दल र तीनका सदस्यहरूमाथि जे गरिँदै छ , म भन्न चाहन्छु तपाईँहरूले जे गर्दै हुनुहुन्छ त्यसले अपराधलाई प्रवर्द्धन गर्दै हुनुहुन्छ । लोकतन्त्रमा कसैलाई भोट नहाल्ने अधिकार छ । तर अपराधलाई प्रवर्द्धन गर्ने, अपराधीलाई प्रवर्द्धन नगर्न म आग्रह गर्छु’, उनले भनिन् ।
उनले अपराध अपराध नै हो भन्दै उनले संसद्मा प्रतिपक्षले न्यायिक र जनताका मुद्दा उठाएर गरिएको संसद् अवरोध हटाउन सरकारले नै पहल गर्नुपर्ने बताइन् । फौजदारी अभियोगको मुद्दा अनुसन्धान गर्ने निकाय गृह प्रशासन र प्रहरी भएकाले गृहमन्त्रीमाथि छानबिन गर्न नसक्ने बताइन् ।
‘संसद्मा प्रमुख प्रतिपक्ष दलले न्यायिक र जनताको मुद्दा उठाएर अवरोध जारी राखेको छ । त्यसलाई सम्बोधन गरेर संसद् सुचारु गर्ने जिम्मा सरकारको हो । प्रमुख प्रतिपक्षविहीन संसद्को परिकल्पना गरिँदैन । संसद्को बिजनेस दिने सरकार हो’, गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाउँदै झाँक्रीले भनिन्, ‘जो व्यक्ति गम्भीर आर्थिक अपराधमा मुछिएका छन्, संसदीय छानबिन समितिमार्फत ती व्यक्तिमाथि लागेको केही लाञ्छना, केही अपराधबाट सफाइ पाउने मौका हो । फौजदारी कसुरमाथि गृहप्रशानले छानबिन गर्ने अधिकार छ । तर आफ्नै गृहमन्त्रीमाथि प्रहरीले अनुसन्धान गर्ला ? यस्ता कुराहरूमा ध्यान दिउन् भन्न म चाहन्छु ।’
परिवर्तनको पक्षमा सिन्को नभाँचेकाबाट समाजमा अनादार, अपसंस्कृति फैलाउने काम भएकोमा उनले असन्तुष्टि पोखिन् । कार्यक्रममा झाँक्रीले व्यवस्था परिवर्तनका पक्षमा उभिएका सहयात्री दलहरू कांग्रेस र कम्युनिस्टले सहयात्रा कहाँसम्म जनेबारे तय गर्न नसक्दा संविधान कार्यान्वयनमा समस्या देखिएको बताइन् । खराब पात्र र प्रवृत्तिलाई राजनीतिमा स्पेस दिनुअघि कानुन निर्माण गरेर ती प्रवृत्तिलाई अन्त्य गर्नुपर्नेमा जोड दिइन् ।
यस्तै प्रणाली स्थायित्व नहुँदा २ वर्षमा प्रधानमन्त्रीले करिब ५ पटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनु, संसद्मा दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने संवैधानिक व्यवस्थाको पनि बर्खिलाप भएको झाँक्रीले बताइन् ।
परिवर्तन अभियान नेपालका सभापति सुशील भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले गणतन्त्रलाई बलियो बनाउन सबै गणतन्त्रवादी शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, युरो, साउदी रियाल, कुवेती दिनारको मूल्य बढ्यो, कसको कति ?
-
आठ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता
-
रियाल मड्रिड ला लिगाको दोस्रो स्थानमा, बार्सिलोना झन् तल ओर्लियो
-
प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब लय जारी, घरेलु मैदानमै हार
-
लिभरपुलको शीर्षता थप बलियो, टोटनह्यामको पोष्टमा ६ गोल
-
नबिल बैंकद्वारा भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण