आँखा मिचिरहने बानी छ ?
![आँखा मिचिरहने बानी छ ?](https://npcdn.ratopati.com/media/news/eyes_a5ZTRZtwSG.jpg)
क्वाललम्पुर । कोही मान्छेको बानी नाक कोट्याइरहने हुन्छ । कोही कान चलाइरहन्छन् भने कोही जतिबेला पनि आँखा मिचिरहन्छ ।
तपाई हामीले दिनहुँ यस्ता मानिसहरू देख्ने गरेका छौँ । तर कहिलेकाहीँ सामान्य घटना पनि ठुलो समस्याको कारण बन्न सक्छ । हामीले सामान्य ठानेको कुराले ठुलो खतरा निम्त्याउन सक्छ ।
मलेसियामा जतिबेला पनि आँखा मिचिरहने बानी भएका केटासँग पनि यस्तै भएको छ । अडिटी सेन्ट्रलमा आएको एक रिपोर्ट अनुसार मलेसियामा बस्ने एक केटालाई आँखा मिच्ने बानी थियो । एलर्जीका कारण सानैदेखि उनको आँखा चिलाइरहन्थ्यो । बेलाबेला रातो पनि हुन्थ्यो । १५ वर्षको उमेरमा उनको दाहिने आँखाको दृष्टि अलिकति धमिलो हुन थाल्यो । समयसँगै यो समस्या बढ्दै गयो । अन्ततः उनले डाक्टरकहाँ जँचाउन गए । लगातार आँखा मिच्ने बानीका कारण उनले कोर्निया नै कोतरे । यही कारणले गर्दा उनको एउटा आँखाको दृष्टि गुम्यो ।
जबिदीले यो घटनाबारे सामाजिक सञ्जालमा आफैंले पोष्ट पनि गरेका छन् । आँखा मिच्दा मिच्दै आँखा धमिलो हुन थालेको र २१ वर्ष पुग्दा कोर्नियामा कोतरिएर दाग बनेको उनले भनेका छन् । उनको आँखामा क्षतिग्रस्त कोर्निया फालेर नयाँ कोनिर्या प्रत्यारोपण गरिएको छ । यो शल्यक्रियापछि दाहिने आँखा बन्द रहनेछ । २ महिनापछि आँखाको पट्टी खोलिनेछ । आँखा पूरै निको हुन भने २ वर्ष लाग्ने बताइएको छ । जबिदीको यो पोष्ट अहिले मलेसियामा भाइरल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बचत फिर्ता नगरेको भन्दै बागमतीका ८ सहकारीको फाइल सीआईबीमा
-
बजारमा ग्यास अभाव : के भन्छन् व्यवसायी ?
-
मन्त्री अधिकारीले नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य (सूचीसहित)
-
भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य नियुक्त, कहाँ को ? (सूचीसहित)
-
समयमै न्याय पाउन निकै गाह्रो छ : प्रमुख साह
-
फिल्म क्षेत्रमा महिलाहरू बढी पीडित छन् : वसुन्धरा भुसाल