सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुखः महामन्त्री थापा
आइतबार, १३ जेठ २०८१, १४ : १८

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्ता गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख र अनुदारवादी रहेको बताए । उनले अहिलेको रवैयाले प्राप्त गरेको उपलब्धि गुमाउने खतरा कायम रहेको बताए । उनले प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र रहेको भन्दै प्रेसलाई अंकुश लगाउने काम गर्न नहुने बताए ।
थापाले प्रतिपक्षलाई संसदमा नियन्त्रण र बाहिर प्रश्नलाई नियन्त्रण गर्ने राम्रो नरहेको बताए । महामन्त्री थापाले नेपाली काँग्रेसले अहिले लिएको अडान आम सर्वसाधारण नागरिकसँग जोडिएको पनि बताए ।
महामन्त्री थापाले सरकारलाई झक्झक्याउने समय आएको सो क्रममा बताए ।