यो हो विश्वको सबैभन्दा सानो जेल

लन्डन । विश्वको सबैभन्दा सानो जेल कहाँ छ तपाईँलाई थाहा छ ? यो जेल बेलायतको सबैभन्दा सानो टापुमा छ ।
यो जेल यति सानो छ कि यसमा दुई जना कैदी मात्रै बस्न मिल्छ । जेल १६८ वर्षअघि बनाइएको थियो । सार्क प्रिजन इङ्गलिस च्यानको सार्क टापुमा छ । यो टापु २ दशमलव १ वर्ग माइलमा फैलिएको छ । सन् २०२३ मा भएको जनगणनाअनुसार यस टापुमा ५६२ जना बस्छन् । टापुमा खासै अपराध नहुने भएकोले जम्मा २ जना प्रहरीलाई मात्रै खटाइएको छ ।
टापु बेलायत र फ्रान्सको बिचमा छ । यो टापुलाई केहीले च्यानल आइल्यान्डको गहना पनि भन्छन् । यति सानो भएर पनि यो जेल अझै पनि प्रयोगमा छ । यो जेल निर्माणको कथा पनि रोचक छ ।
सन् १९३२ मा अदालतले यो जेल बनाउन आदेश दिएको थियो । तर यसलाई बनाउन २४ वर्ष लाग्यो । जेल बनाउन कसैसँग पैसा नभएकोले यति लामो समय लागेको बताइन्छ । जेलभित्र ६ बाई ६ फिट र ६ बाई ८ फिटको दुई कोठा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल मजदुर किसान पार्टीको नयाँ नेतृत्व चयन आज
-
बारपाकमा क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ शिविर
-
पुटिनले जस्तै गरी सोच्छन् ट्रम्प ?
-
पुडुचेरीका विधायकहरू अनुभव आदानप्रदानका लागि पोखरामा
-
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै
-
सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?