लक्ष्मी सनराइज बैंकद्वारा कपनमा सेवा विस्तार
आइतबार, १३ जेठ २०८१, १३ : ४२

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले काठमाडौँको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ ।
बुढानीलकण्ठ नगरपालिका-१०, कपनमा रहेका २ शाखामध्ये रुद्रमति चोकको शाखा सोही नगरपालिकाको वडा न. १२ स्थित फैकामा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साबिकको रुद्रमति चोकको शाखाका ग्राहकहरूले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।
साथै, बैंकले बर्दिबासमा रहेका आफ्ना २ वटा शाखा गाभी साबिक सनराइज बैंकको शाखा रहेको स्थान - औरही चोक (हालको स्थानभन्दा २०० मिटर पश्चिमतर्फ), बर्दिबास नगरपालिका–१, महोत्तरीबाट संयुक्त कारोबार सुरु गरेको छ । हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५५ शाखा, ३१९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२९ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजु लेकतिर
-
एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्याउने
-
भारतबाट अब १५ घण्टामा ६०० सय मेगावाट बिजुली आयात हुने
-
‘झिल्को’को अग्रिम टिकट बुकिङ खुला
-
आहारपूरक खाद्य सामग्रीको विक्रीवितरणबारे वाणिज्य विभाग र एनएनसीएबिच छलफल
-
मे दिवसको अवसरमा राजधानीमा र्याली, तस्बिरमा हेर्नुहोस्