अन्जुको ‘लैजा परान’मा बिमल र मिस पविको अभिनय
आइतबार, १३ जेठ २०८१, १३ : ४०

काठमाडौंँ । मर्मस्मर्शी देउडा गीत ‘लैजा परान’ सार्वजानिक भएको छ । अन्जु पन्तको स्वर, महेश कुमार औजीको संगीत तथा कृष्ण बाजुरालीको एरेन्ज गीतमा छ ।
गीतको भिडियोमा बैश उमेरमै अशक्त श्रीमान्को स्याहार सुसारमा नाबालिका छोरी सहितको जिम्मेवारी बहन गर्दै गरेको संघर्षका बिच एक अबला नारीले आफूलाई साहारा बिहिन अनुभव गरेको कथा देखाउन खोजिएको छ ।
भिडियो समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा बिमल अधिकारी र पवित्रा साखी (मिस पवि)को अभिनय छ ।
पदम बहादुर बुढाको निर्माण रहेको भिडियो नवराज सुवेदीले छायांकन गरेका हुन् ।