बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

जनताको आक्रोश र आवश्यकता सम्बोधन नभए भोलि पश्चात्ताप गर्नुपर्ने दिन आउन सक्छ : जनार्दन शर्मा

आइतबार, १३ जेठ २०८१, १३ : २४
आइतबार, १३ जेठ २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले जनताको आक्रोश र आवश्यकतालाई सम्बोधन गर्न राष्ट्रिय सहमति आवश्यकता भएको बताएका छन् । सरकारले संसद्‌मा पेश गरेको आर्थिक वर्ष २०८१/०८२ को साझा नीति तथा कार्यक्रममाथि छलफलमा बोल्दै उनले देशमा ठुलो राजनीतिक सङ्कट आउनेतर्फ चिन्ता व्यक्त गरेका हुन् । 

‘जनतामा देखिएको आक्रोश र आवश्यकतालाई सम्बोधन गर्न नसके भोलि पश्चात्ताप गर्नुपर्ने दिन आउन सक्छ । देशमा ठुलो राजनीतिक सङ्कट, समस्या र चुनौतीहरू खडा भइरहेका छन् । यी सार कुरालाई सम्बोधन गर्न राष्ट्रिय सहमति आवश्यक पर्छ’, शर्माले भने । 

यस्तै संसद्‌मा जारी गतिरोधका कारण राष्ट्र झन् सङ्कटमा पर्ने, जनतामा असन्तोष बढ्दै जाने भएकाले गतिरोध हटाउन सबैले पहल गर्न उनले अपिल गरेका छन् । 

सरकारले ल्याएको नीति तथा कार्यक्रम ०८१/८२ ले देशको वर्तमान अवस्थालाई बदल्दै सुशासनलाई संस्थागत गर्न, विकास निर्माणलाई गति दिन, सेवा प्रवाहलाई आम जनताले महसुस गर्ने गरी सुधार गर्न, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन महत्त्वपूर्ण भएको शर्माले बताए । 

यस्तै स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै राष्ट्रहित प्रतिष्ठालाई रक्षा गर्न पार्टी विशेष भन्दा पनि देश र जनताका कुरा भएको, सबै राजनीतिक दलका साझा मुद्दा भएकाले यस मुद्दालाई आत्मसात् गरी सहमतिबाट अगाडि बढाउनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप