आईपीएलको फाइनलमा भारतीय विश्वकप टोलीका खेलाडी परेनन्
नयाँ दिल्ली । आईपीएलको फाइनल खेल आइतबार कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबिच हुनेछ । तर चेपाक मैदानमा हुन लागेको यो खेलमा विश्वकप खेल्ने भारतीय टोलीका कुनै पनि खेलाडी देखिने छैनन् ।
फाइनलमा विश्वकपका लागि छनोट भएको १६ सदस्यीय भारतीय टोलीमा कुनै पनि खेलाडी पुगेनन् । रिजर्भ खेलाडी बनाइएका रिंकु सिंह मात्र रहेका छन् ।
यसपटकको टी–२० विश्वकप वेस्ट इन्डिज र अमेरिकामा हुँदैछ । उद्घाटन खेल अमेरिका र क्यानडाबिच हुनेछ । भारतीय टोलीको पहिलो खेल जुन ५ मा न्युयोर्कमा आयरल्याण्डसँग हुनेछ । भारतीय टोलीका खेलाडी शनिबार नै अमेरिका प्रस्थान गरेका छन् ।
फाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाका विश्वकप खेल्ने ३-३ खेलाडी सामेल छन् । त्यस्तै वेस्ट इन्डिज र अफगानिस्तानका २–२ खेलाडी र एक किवी खेलाडी पनि आईपीएल फाइनलका हिस्सा छन्।
टी–२० विश्वकपका लागि भारतीय टोलीमा सबैभन्दा बढी मुम्बई इन्डियन्सका खेलाडी छन् । ३–३ खेलाडी दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सका छन् । चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबाट २/२ र पञ्जाब किंग्सका एक खेलाडी विश्वकप टिममा परेका छन् ।
विश्वकपका लागि भारतीय टोली
रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, सञ्जु सैमसन, ऋषभ पन्त, शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रीत बमराह र मोहम्मद सिराज।
रिजर्भ – शुभमन गिल, खलील अहमद, रिंकु सिंह, आवेश खान।
आईपीएल फाइनल खेल्ने टोलीहरू
कोलकाता नाइट राइडर्सः श्रेयस अय्यर (कप्तान), मनिष पाण्डे, अङ्क्रिश रघुवंशी, नितिश राणा, रिंकु सिंह, केएस भरत, रहमानुल्लाह गुरबाज, शेरफान रदरफोर्ड, रमनदीप सिंह, अनुकुल रोय, आन्द्रे रसेल, वेंकटेश अय्यर, सुनिल नरेन, मिचेल स्टार्क, मुजीब उर रहमान, चेतन साकरिया, साकिब हुसैन, सुयश शर्मा, हर्षित राणा, वैभव अरोडा, वरुण चक्रवर्ती।
सनराइजर्स हैदरावाद: प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, राहुल त्रिपाठी, मयंक अग्रवाल, अनमोलप्रीत सिंह, उपेन्द्र यादव, नितिश कुमार रेड्डी, अब्दुल समद, एडेन मार्कराम, अभिषेक शर्मा, मार्को यान्सन, वाशिंगटन सुन्दर, शाहबाज अहमद, सनवीर सिंह, ग्लेन फिलिप्स, हेनरिक क्लासेन, आकाश सिंह, झाथवेदा सुब्रमण्यम, जयदेव उनाडकट, भुवनेश्वर कुमार, फजल हक फारुकी, टी. नटराजन, उमरान मलिक, मयंक मार्कंडे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान अनुसार प्रदेशलाई अधिकार नदिएर बुख्याचा बनाइयो
-
माईजोगमाई गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा नामसालिङ मावि च्याम्पियन
-
अधिकार पाएको छैन भन्दैमा चुप लागेर बस्ने कुरा आउँदैन : मन्त्री लामिछाने
-
चिटफन्ड घोटालामा शुभमन गिलसहित चार क्रिकेटरको नाम
-
चुनावी ‘मुभमेन्ट’को झल्को, प्रमुख दलको ध्यान ‘अभियान’मा
-
रास्वपाको नजर सहकारी अध्यादेशदेखि रविको अदालती मुद्दासम्म