विमानस्थलको पार्किङबाट सुनजस्तो देखिने धातुसहित महिला पक्राउ
आइतबार, १३ जेठ २०८१, १२ : ४५
_fjMKnvPt3r.jpg)
काठमाडौँ । भन्सार छली अवैध रूपमा सङ्कलन गरेर लैजान लागेको करिब ७० ग्राम तौलको सुनजस्तो देखिने पहेँलो धातुको ३ थान बेरुवा औँठीसहित एक जना महिला पक्राउ परेकी छन् । चन्द्रागिरि नगरपालिका-१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बाह्य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा सङ्कलन गरी लैजान लागेको उक्त धातुसहित फेला पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनलाई प्रहरीले पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र बेलायतको न्यायिक प्रणाली
-
नेप्से परिसूचक बढ्दा पनि घट्यो कारोबार
-
रावण प्रवृत्ति हटाउन राम पनि हिंस्रक बन्नु परेको थियो : लोहनी
-
बार निर्वाचनमा मिश्र प्यानलको २५ वटै पदमा अग्रता
-
आयल निगमको विज्ञ सञ्चालक सदस्य पदमा आवेदन खुला
-
चुनौतीका बाबजुद नेपालको पूर्वाधार क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि : रवि सिंह