संसदीय छानबिन समिति बनाउने बाटो खोल्न गृहमन्त्रीलाई शाहीको आग्रह
![संसदीय छानबिन समिति बनाउने बाटो खोल्न गृहमन्त्रीलाई शाहीको आग्रह](https://npcdn.ratopati.com/media/news/gyanendra-shahi_K1ejA9zYam.jpg)
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन बाटो खुल्ला गर्न गृहमन्त्रीलाई आग्रह गरेका हुन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले गृहमन्त्री रवि लामिछानेलाई संसदीय छानबिन समिति बनाउन बाटो खुला गर्न आग्रह गरेका हुन् ।
उनले छानबिन समिति बनाउने सन्दर्भमा गृहमन्त्रीले नेतृत्व गर्नुपर्ने जिकिर गरे । उनले छानबिन समिति बनाउँदैमा दोषी र निर्दोष नहुने भन्दै निर्दोष भएमा पुनः गृहमन्त्रीको रूपमा आउन सकिने पनि बताए ।
उनले भने – ‘म गृहमन्त्रीलाई भन्न चाहन्छु तपाईं हामीलाई हेर्नुस्, जनताले हामीलाई भोट यिनै पुराना दलले काम गरेनन् भनेर यिनीहरूको विकल्पमा हालेका हुन् । गृहमन्त्रीज्यू छानबिन समिति बनाउन दिनुस् । खुला गरिदिनुस् । दोषी भए कारबाही होला । निर्दोष भए तपाई फेरी यही संसद्मा गृहमन्त्रीको रूपमा अगाडि आउनुहोला । तपाईंलाई कसले रोक्न सक्छ ? छानबिन समिति बनाउँदैमा दोषी र निर्दोष भन्ने कुरा हुँदैन ।’
उनले आज नयाँ शक्तिहरूले पनि नाक देखाउने ठाउँ नरहेको बताए । ‘के फरक भयो ? हामी एक छिन इतिहास सम्झौँ त । के थियो हाम्रो पार्टी संगठन ? कुन ठाउँमा हामी थियौँ ? जनताले यी पुराना दलहरूले गर्न सकेनन् । विकल्पको रूपमा उहाँहरू जानुपर्छ भनेका हुन् । तर अहिले संसद् बाधक बनेको छ । छानबिन समिति आवश्यक छ,’ उनले थपे, ‘गृहमन्त्रीज्यूलाई भन्छु, अस्ति यहाँनिर बस्दाखेरी गरेको बोली आज त्यहाँनिर बस्दाखेरीको बोली फरक हुनु भएन । छानबिन समिति बनाउनुपर्यो । गृहमन्त्रीले यसको नेतृत्व गर्नुपर्यो । छानबिन समिति बनाउनुपर्छ । जनतालाई न्याय दिनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढ्यो
-
वैकल्पिक राजनीतिका जन्मदाता उज्ज्वल थापाको सम्झना
-
‘झिल्के एन्ड द कम्पनी’ को गीत ‘राम्री बाहुन केटी’ सार्वजनिक
-
कोरियाबाट फर्किएर व्यवसाय गर्ने पाँच व्यवसायी पुरस्कृत
-
फिल्मको चक्करमा ठगिइन् पूर्व मुख्यमन्त्रीकी छोरी
-
यसकारण सार्वजनिक सवारी साधन चढ्छन् आमिर पुत्र जुनैद