देशमा ३४ हजार किलोमिटरभन्दा लामो सडक सञ्जाल, ५३ प्रतिशत कालोपत्रे
आइतबार, १३ जेठ २०८१, १२ : ३९

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०–८१ को फागुन महिनासम्म सरकारले निर्माण गरेको सडकको लम्बाई ३४ हजार २६७ किलोमिटर पुगेको छ । जसमध्ये ५३.२ प्रतिशत सडक कालोपत्रे भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आज संसदमा चालू वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै विकासको फेहरिस्त सुनाएका हुन् । यस्तै उनले ऊर्जातर्फ बिजुली उत्पादनमा नेपाल आत्मनिर्भर उन्मुख बनेको बताए ।
कूल जडित क्षमता ३ हजार मेगावाटभन्दा माथि पुगेको अर्थमन्त्रीले बताए । फागुन महिनासम्ममा ९७.७ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको बताए । यस्तै सिँचाइ योग्य जमिनमा ८८.५ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको अर्थमन्त्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमानलाई फेरि ज्यान मार्ने धम्की, कारलाई बमले उडाउने सन्देश
-
रोजगार श्रृङ्खलामा काम गर्ने प्रतिबद्धतासहित श्रममन्त्रीले दिए नयाँ वर्षको शुभकामना
-
१६ बैंकले ब्याजदर यथावत् राख्दा तीन बैंकले घटाए, एउटाको बढ्यो
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
भारतमा लुक्दा प्रसाईंले भेटे हिन्दुवादी अगुवा र बाबा
-
कांग्रेसले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाबारे छलफलपछि मात्रै निर्णय लिने