प्रतिपक्ष र सरकारमा रहेका बेला गृहमन्त्रीको बोली किन फरक भयो : ज्ञानबहादुर शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र* पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिपक्ष र सत्तापक्षमा रहँदा गृहमन्त्री रवि लामिछानेको बोली फेरिएको भन्दै कटाक्ष गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको सभामुखले दिएको समयमा बोल्दै शाहीले हिजोका दिनमा गृहमन्त्री रवि लामिछानेले विवादित नाम आउँदा छानबिनका लागि गृहमन्त्रीको मुटु छ कि छैन भन्दै प्रश्न गरेको स्मरण गराए । उनले गरिब जनताले बचत गरेको सहकारीको रकम अपचलन गरेको बताउँदै छानबिन गर्न दिन गृहमन्त्रीलाई आग्रह गरे ।
संसद् संसद् जस्तो नभएको बचाउँदै सत्ता तर्फको कुर्सीमा बस्दा र विपक्षीको कुर्सीमा बस्दा चरित्र फरक हुने गरेको बताए ।
उनले रसियामा अलपत्र परेका व्यक्तिहरूको उद्धार हुन नसकेको बताए । सांसद शाहीले सहरकारीको विषयमा छानबिन समिति बनाउन गृहमन्त्रीलाई आग्रह गरे ।
*यसअघि अन्यथा भएकोमा सच्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ