दुई चार जना उटपट्याङ सडकमा आउँदैमा केही फरक पर्दैन : पौडेल
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले दुई चार जना उटपट्याङ मान्छे सडकमा आउँदैमा व्यवस्था परिवर्तनमा केही फरक नपर्ने बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा परिवर्तन अभियान नेपालले आइतबार काठमाडौँमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही केही शक्तिहरूले देशमा अराजकता सिर्जना गर्न लागेकोका असन्तुष्टि व्यक्त गरे ।
‘दुई चार जना उटपट्याङ मान्छे सडकमा आउँदैमा केही हुँदैन । अराजकता सिर्जना गर्ने, भाँडभैलो सिर्जना गर्ने काम भए परिवर्तनका लागि लडेका शक्तिहरू कांग्रेस, एमाले र माओवादी एक ठाउँमा आउँछ । नेपालको परिवर्तनको पक्षमा रहेका शक्ति एक ठाउँमा आएमा उटपट्याङ गर्ने खालका शक्तिहरू हाबी हुन सक्दैन’, राजावादी शक्तितर्फ लक्षित गर्दै पौडेलले भने ।
उनले अहिलेको व्यवस्था खराब नभएको भन्दै पौडेलले संविधानको प्रक्रियाबाट आउन सबैलाई छुट दिएको बताए । यो व्यवस्थाले जाति, भाषा, उत्पीडनको अन्त्य हुने गरी राज्यको पुनर्संरचनाको कुरा गरेको उनको भनाइ छ । साथै राजनीतिक नेतृत्वलाई सच्याउनका लागि आ–आफ्ना दलभित्र खबरदारी गर्न उनले आग्रह गरे ।
उनले राजतन्त्रकालको पुरा अवधिभन्दा तुलनात्मकरुपमा गणतन्त्रमा धेरै विकास भएको दाबी गरे ।
परिवर्तन अभियान नेपालका सभापति सुशील भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले गणतन्त्रलाई बलियो बनाउन सबै गणतन्त्रवादी शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए
-
नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजारसम्म छुट
-
चीनको विकास नेपालका लागि प्रेरणा – दिनानाथ शर्मा
-
गौतमबुद्ध विमानस्थलमा पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग