इजरायलसँग नयाँ वार्ता गर्न हमासद्वारा अस्वीकार

तेल अभिभ । हमासले इजरायलसँग नयाँ वार्ता गर्न अस्वीकार गरेको छ । गाजामा युद्ध विरामका लागि इजरायलले अर्को वार्ता गर्न चाहेको इजरायली सञ्चार माध्यमहरूले बताइरहेकै समयमा हमासका अधिकारी ओसामा हमदानले नयाँ वार्ताको आवश्यकता नभएको अभिव्यक्ति दिएका हुन् ।
सबैखाले आक्रमण रोक्न इजरायलले गाजा पट्टीबाट सेना फिर्ता बोलाउनु पर्ने अल जजिरा अरेबिकसँग शनिबार फोन वार्तामा हमदानले भनेका थिए ।
आफूहरूले सहमति जनाइसकेको युद्ध विरामको प्रस्तावलाई इजरायलले अस्वीकार गरेको भन्दै उनले आफूहरूलाई नयाँ वार्ताको खाँचो नरहेको बताएका छन् ।
इजरायलले नयाँ प्रस्ताव स्वीकार गर्छ भन्ने ग्यारेन्टी नभएको र अर्को वार्ता सुरु गर्नु भनेको इजरायललाई आक्रमणलाई निरन्तरता दिन थप समय दिनु भएको पनि उनको भनाइ छ ।
यो महिनाको सुरुमा हमासले कतार र इजिप्टको मध्यस्थतामा युद्ध विरामको एउटा प्रस्तावलाई पारित गरेको थियो । तर इजरायलले सो प्रस्ताव आफ्नो माग अनुसार नभएको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
-
सुदूरपश्चिममा अडियो काण्ड : फरक दलका नेता मिलेर अनियमितता