बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मुसुरोको ‘भाइरस’ न्यूनीकरण गर्न बीउ अनुसन्धानमा जोड

आइतबार, १३ जेठ २०८१, १२ : ०१
आइतबार, १३ जेठ २०८१

काठमाडौँ । नेपाली मसुरोमा भेटिएको ‘भाइरस’लाई न्यूनीकरण गर्न बीउ अनुसन्धानमा जोड दिनुपर्ने विज्ञहरूले सुझाएका छन् । मुसुरोमा ‘विट वेस्टर्न एल्लोज् भाइरस’, ‘चिकपी क्लोरोटिक स्टर्न भाइरस’ र ‘फबा बीन निक्टोरिक एल्लो भाइरस’ फेला परेको हो । यी भाइरसलाई नियन्त्रण तथा न्यूनीकरण गर्न मुसुरोको बीउ जाँच गर्नुपर्ने कृषि वैज्ञानिकले सुझाएका छन् । 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. राम बहादुर खड्काले मुसुरो बालीमा देखिएको विभिन्न‘भाइरस’लाई नियन्त्रण गर्न बीउ परीक्षण गरी ‘भाइरस’ नभएको प्रमाणित भएको बीउ किसानसम्म पु¥याउनु पर्नेमा जोड दिए । ‘यो भाइरस सहन सक्ने स्थानीय जातमा भाइरससँग लड्न सक्ने क्षमताका जातहरू बाहिरबाट ल्याएर परीक्षण गर्नुपर्छ,’ उनले भने, ‘ हाम्रो बीउहरूमा भाइरस जाँच गर्ने, बीउ उत्पादन गर्ने कम्पनीले भाइरस बीनको बीउ हो भनेर प्रमाणीकरण गर्नुपर्छ ।’ 

नेपालमा मुसुरो बालीमा भएको पछिल्लो अनुसन्धानले ‘भाइरस’ न्यूनीकरण गर्न बालीको बीउ नै विकास गर्नुपर्ने औँल्याएको छ । भाइरस नियन्त्रण गर्न बीउ उत्पादक कम्पनीले ‘भाइरस’ मुक्त रहेको बीउ बिक्री गर्नुपर्ने वैज्ञानिक पदम प्रसाद पौडेलले जोड दिएका छन् । उनका अनुसार ‘भाइरस’ले मुसुरो बाली ठुलो मात्रमा क्षति पुर्‍याउने भएकाले यसमा थप अध्ययन र अनुसन्धान हुनुपर्ने बताएका छन् । 

मुसुरोको ‘भाइरस’ले अन्तर्राष्ट्रिय स्तरमा बीउमा १ प्रतिशत भाइरस हुँदा १ प्रतिशत नै नोक्सान भएको पाइएको छ । नेपालको अन्य बालीमा पाइएको ‘क्युकुम्बर मोजाइक भाइरस’ र ‘पि सडबर्न मोजाइक भाइरस’ पनि मसुरो बाली देखिएको छ । यी दुई भाइरस बीउबाट सर्ने भएकाले मसुरो बालीमा खतरा थपिएको उनीहरूको भनाई छ । 

नेपालमा समय–समयमा बाली बिरुवामा देखिने रोग र किराको न्यूनीकरण र नियन्त्रणमा सबै निकाय गम्भीर हुनुपर्ने वैज्ञानिकले सुझाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप