ऊर्जा मन्त्रालय अन्तर्गत तेस्रो र चौथो त्रैमासिक बजेट खर्च फुकुवा
आइतबार, १३ जेठ २०८१, ११ : ३७

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गत सञ्चालित प्राथमिकता प्राप्त परियोजनाका लागि विनियोजन गरिएको बजेटको तेस्रो र चौथो त्रैमासिक खर्च फुकुवा भएको छ ।
महालेखा नियन्त्रक कार्यालयले ललितपुर, झापा, कञ्चनपुर, दाङ, सर्लाही, मोरङ र लैनचौर (काठमाडौँ) का लागि प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनातर्फ शीर्षकमा वैदेशिक स्रोत (एडीबी) शोधभर्ना हुने अनुदान तथा ऋणमा भएको विनियोजित खर्च फुकुवा गरेको हो ।
यस्तो बजेट खर्च मध्ये स्वीकृत कार्यक्रम र अख्तियारी/एलएमबीआईएस बमोजिम हुनेगरी तेस्रो र चौथो त्रैमासिक सम्मको निकासा गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो म्यान्सिटी, ग्वार्डिवला उत्साही
-
ला लिगामा बार्सिलोनाले अंक दुरी बढायो, रियाल मड्रिड दबाबमा
-
ठूला योजनामा लगानी जुटाउन वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक संसदमा पेश
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन