मुग्लिन–नारायणगढ सडकमा पहिरो, स्काभेटर चालकको मृत्यु
आइतबार, १३ जेठ २०८१, १० : ५४

काठमाडौं । चितवनस्थित मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो खसेको छ । पहिरोका कारण स्काभेटर चालक ३८ वर्षीय मंगल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए ।
बर्दिया घर भएका चौधरी निर्माणाधीन ३ नम्बर पुलको स्काभेटर चालक हुन् । पुल बनाउन पहाड काट्ने क्रममा काम गरिरहेको अवस्थामा ढुङ्गा सहितको पहिरो खस्दा स्काभेटर पुरिएको डीएसपी रिजालले बताए ।
चौधरीलाई प्रहरीले उद्धार गरेर चितवन मेडिकल कलेजमा लगेको थियो । चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् । घटनास्थल इच्छाकामना गाउँपालिका वडा नम्बर–५ मा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीद्वारा ८९ जना शंकास्पद आईएस सदस्य पक्राउ
-
थाइल्यान्डमा लोक सांस्कृतिक कार्यक्रम देखाएर फर्कियो एभरेस्ट कल्चरल ग्रुप
-
बीवाईडीले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इयर' अवार्ड
-
राष्ट्रपति सीसँग कुरा गर्न तयार छन् ट्रम्प, को पहिला झुक्ला ?
-
अमेरिकी विशेष दूतले रुसी कथा फैलाइरहेको जेलेन्स्कीको आरोप
-
धवलशमशेरलाई क्यान्सरको फलोअप उपचारमा जान नदिने षडयन्त्रमा सरकार लागेको आरोप